• २०८१ बैशाख ६ बिहीबार

मेसी र रामोसको अन्तिम खेलमा पिएसजी पराजित

kharibot

काठमाडौँ । पिएसजी यस सिजनको फ्रेन्च लिग वानको अन्तिम खेलमा पराजित भएको छ ।

गएराती सम्पन्न लिगको अन्तिम खेलमा क्लेरमोन्ट फूटले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको घरेलु मैदानमा क्लेरमोन्टले जित हासिल गर्दै लिगमा आठौँ स्थानमा यो सिजन समाप्त गरेको छ । क्लोरमोन्टको जितमा जोहान गास्टीएन, मेहदी जेफाने र ग्रेजोहनले एक एक गोल गरेका थिए । त्यस्तै पिएसजीका लागि सर्जियो रामोस र किलीयन एम्बाप्पेले एक एक गोल गरेका थिए ।

त्यस्तै पिएसजीले भने यस सिजनमा लिगको उपाधि यसअघि नै जितिसकेको छ ।

यो खेल लियोनेल मेसी र सर्जियो रामोसको बिदाई खेल समेत थियो । अब क्लब छोड्ने क्रममा मेसी र रामोसका लागि पिएसजीमा यो अन्तिम खेल थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै