• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रियसभाको बैठक पनि अवरोध

kharibot

काठमाडौँ । नेकपा (एमाले)ले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको विरोधमा राष्ट्रियसभाको आजको बैठक अवरुद्ध पारेको छ । 

बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरुले राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकबारे आपत्ति जनाउँदै उठेर अवरोध गरेका थिए  ।

एमाले सांसद भैरव सुन्दर श्रेष्ठले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको भन्दै सच्याउनुपर्ने माग गरे । 

“राष्ट्रपतिले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेका छन्, वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने विषयमा नेकपा एमाले प्रष्ट छ, तर संसदलाई छलेर मन्त्रिपरिषद्को निर्णयबाट प्रमाणीकरणका निम्ति राष्ट्रपति समक्ष पठाउने काम आपत्तिजनक, गैरलोकतान्त्रिक र गैरसंवैधानिक छ”, उनले भने । 

उनले प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति प्रति असहमति जनाउँदै एमालेका सांसदहरुले जवाफसमेत माग गरेका छन् ।

एमालेका सांसदहरुले अवरोध गरेपछि बैठक २९ मिनेटका लागि स्थगीत गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै