• २०८१ बैशाख ८ शनिबार

निर्जीवन बीमा कम्पनीहरुले कति आर्जन गरे बिमा शुल्क ?

kharibot

काठमाडौ । निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख सम्ममा ३२ अर्बमाथि कुल बिमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

बिमा प्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरुले यस अवधिसम्मा ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

यस अवधिसम्मा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बिमा व्यवसाय गर्न सफल भएको छ।

कम्पनीले यस त्रैमासको अवधिसम्मा ४ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रोमा सलिको र तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी रहेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ६४ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गर्न सफल भएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै