• २०८१ बैशाख १२ बुधबार

करिम बेन्जमाले छोडे रियल म्याड्रिड

kharibot

काठमाडौँ । फ्रान्सका फरवार्ड करिम बेन्जमाले रियल म्याड्रिड छोडेका छन् ।

पछिल्लो १४ सिजनदेखि रियल म्याड्रिडबाट खेलिरहेका बेन्जमाले क्लब छोड्ने निर्णय गरेको रियलले जानकारी दिएको छ ।

आइतबार राति हुने ला लिगाको एथलेटिक क्लबविरुद्धको खेल बेन्जमाको रियलमा अन्तिम खेल हुने भएको छ । रियलले पनि यो खेल बेन्जमाको फेयरवेल खेल हुने जानकारी दिएको छ ।

बेन्जमा रियल म्याड्रिडका सफल स्ट्राइकर मध्ये एक हुन् । उनले रियलका लागि अहिलेसम्म ६४७ खेलमा ३५३ गोल गरेका छन् ।

उनले रियल म्याड्रिडबाट १४ सिजन खेल्दै चार ला लिगा, पाँच च्याम्पियन्स लिग, तीन कोपा डेल रे, पाँच फिफा क्लब विश्वकप जितेका छन् ।

बेन्जमा यस सिजनमा साउदी प्रो लिग जितेको अल इत्तिहादले बार्षिक सय मिलियन युरो पारिश्रमिक दिने अफर गरेको मिडिया रिपोर्ट आएको छ ।

३५ बर्षिय बेन्जमा साउदी जाने विषयमा सकारात्मक रहेको मिडिया रिपोर्ट आइरहेको छ । 

क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिगमा गएपछि अहिले साउदी क्लबको निशानामा ठुला खेलाडीहरु रहेका छन् । लियोनेल मेसी पनि साउदी क्लब अल हिलाल जाने तयारी गरिरहेका छन् ।           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै