• २०८१ बैशाख ८ शनिबार

फिफा यू-२० विश्वकपको सेमिफाइनलको समीकरण पूरा

kharibot

काठमाडौँ । अर्जेन्टिनामा जारी फिफा यू-२० विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

क्वाटरफाइनलमा उरुग्वेले अमेरिकालाई र दक्षिण कोरियाले नाइजेरियालाई पराजित गरेर सेमिफाइनलमा पुगेसँगै सेमिफाइनल समीकरण पुरा भएको हो ।

उरुग्वेले अमेरिकालाई २-० गोल अन्तरले पराजित गरेको थियो भने दक्षिण कोरियाले नाइजेरियालाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

यसअघि क्वाटरफाइनलमा इटालीले कोलोम्बियालाई ३-१ गोल अन्तरले र इजरायलले ब्राजिललाई ३-२ गोल अन्तरले पराजति गर्दै सेमिफाइनलमा पुगेका थिए ।

अब सेमिफाइनलमा उरुग्वेले इजरायलको सामना गर्ने छ । यो खेल जुन ८ मा हुने छ । त्यस्तै अर्को सेमिफाइनल खेलमा इटाली र दक्षिण कोरिया भिड्ने छन् र यो खेल पनि जुन ८ मा हुने छ ।

यु-२० विश्वकप फाइनल खेल भने जुन ११ मा हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै