• २०८१ बैशाख ४ मंगलबार

'युक्रेनको बाँध ध्वस्त हुनुले ‘रुसको युद्धको क्रूरता’ देखाउँछ'

kharibot

ब्रसेल्स । नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको मुख्य बाँधको “अपमानजनक” उल्लङ्घन  (आक्रमण) भएकामा निन्दा गरेक छन् ।

यस्तो गतिविधिले मस्कोको आक्रमणबाट भएको विनाशको विद्रूपरूपको उजागर गरेको उनको टिप्पणी छ ।

“काखोभका बाँधको विनाशले आज हजारौँ नागरिकलाई जोखिममा पारेको छ र गम्भीर वातावरणीय क्षति पुर्याएको छ । यो एक अपमानजनक कार्य हो, यसले युक्रेनमा रुसको युद्धको क्रूरतालाई फेरि एक पटक छताछुल्ल पारेको छ,” स्टोलटेनबर्गले ट्विटरमा उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै