• २०८१ बैशाख ८ शनिबार

ओडिशा दुर्घटनाको दर्दनाक कथा- मरेको भनेर शवगृहमा राखिएका विश्वजित जीवित भेटिए

kharibot

काठमाडौँ । भारतको ओडिशाको बालासोरमा तीनवटा रेल एक आपसमा ठोक्किएर २८८ जनाको मृत्यु भएको थियो । यस दर्दनाक घटनामा घाइते भएका करिब २५० को उपचार भइरहेको छ । बाँकी घर फर्किएका छन् ।

ओडिशाका मुख्य सचिवले अझै ९१ शवको पहिचान हुन बाँकी रहेको बताएका छन् । शवको थुप्रोमा पनि मानिसहरु आफ्ना प्रियजनलाई खोजिरहेका छन् ।

घटना भएको पाँच दिनपछि एक व्यक्तिले आफ्नो भतिजाको शव फेला पारेका छन् । थप पाँच जनाले शव दाबी गर्दै आएकाले उनले लिन सकेनन् । अब यो शवको डीएनए परीक्षण हुनेछ । त्यसपछि उनलाई हस्तान्तरण गरिनेछ ।

यस्तै एउटा कथा एउटा बाबुको हो, जसको छोरो मरेको ठानिएर लाशको थुप्रो थियो । जब उसले लाशहरूको बीचबाट आफु जीवित रहेको भन्दै हात हल्लायो, ​​तब थाहा भयो उ जीवितनै छ ।

हेलाराम मलिक नाम गरेका व्यक्तिले भने, ‘मेरो छोरा विश्वजीत २ जुनमा संत्रागाछीबाट कोरोमण्डल ट्रेनमा चढेका थिए । उनी चेन्नई जाँदै थिए । लगभग साढे ७ बजे उसले मलाई रेल दुर्घटना भयो भन्दै फोन गर्यो र आफु नराम्ररी घाइते भएको बतायो । मलाई फोन गरेपछि उनी बेहोस भए ।

उनले अगाडी भने- ‘मानिसहरूले उनी मरेको ठानेर बालासोर विद्यालयमा बनेको शवगृहमा राखे । त्यसको माथि लाश राखिएको थियो । होश आएपछि उसले हात हल्लायो । मानिसले उनी जिउँदै देखे र उनलाई अस्पताल लगे । छोराको फोन आएपछि हामी उसलाई खोज्न पुगेका थियौं । अन्ततः हामीले उनलाई बालासोर अस्पतालमा भेट्टायौं ।'

उनले भने, 'यो मेरो लागि धेरै पीडादायी थियो, किनकि मैले मेरो छोरालाई सधैंको लागि गुमाउन सक्थेँ । मेरो छोरा दुई वर्षपछि घर फर्केको थियो । उहाँ हामीसँग १५ दिन बस्ने गरि आउदै थियो । तर बुबा भएकोले म उनलाई अहिले कामको लागि बाहिर नजानु सल्लाह दिन्छु ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै