• २०८१ बैशाख ८ शनिबार

अमेरिका जादै छन् मेसी !

kharibot

काठमाडौँ । लियोनेल मेसीले साउदी प्रो लिगको बम्पर अफर छोडेर अमेरिकन लिगमा जाने भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

मेसी बार्सिलोना फर्किने प्रयास असफल भएपछि इन्टर मियामीमा आवद्ध हुने निर्णय गरेको बताइएको छ ।

पेरिस सेन्ट-जर्मेन (पिएसजी) मा उनको सम्झौता जुन ३० मा आधिकारिक रूपमा समाप्त भएपछि मेस्सी नि:शुल्क रुपमा अमेरिकन लिग मेजर लिग सकर क्लब इन्टर मियामी जाने भएको दाबि गरिएको छ ।

इन्टर मियामीले व्यावसायिक साझेदार एप्पल र एडिडासको सहयोगमा मेसीलाई अनुबन्धको व्यवस्था मिलाएको दाबि गरिएको छ । एथलेटिकका अनुसार एप्पल टिभीले मेसीलाई आम्दानीमा निश्चित शेयर दिने गरि सम्झौता गर्न सहमत भएको र एडिडासले उनीहरूको दीर्घकालीन सम्बन्धलाई बलियो बनाउन नाफा साझेदारी सम्झौता प्रस्ताव गरेपछि मेसीको इन्टर मियामीमा आवद्धता सहज भएको बताइएको छ ।

एजेन्ट समेत रहेका मेसीका बुबाले यस हप्ताको सुरुमा मेसी बार्सिलोना फर्कन पक्षमा रहेपनि उनीहरुको अनिश्चित आर्थिक अवस्थाले सम्झौता असम्भव बनाएको स्वीकार गरेका थिए ।

त्यस्तै साउदी प्रो लिग क्लब अल हिलालले मेसीलाई बार्षिक ५ सय मिलियन युरोको अफर गरेको थियो । तर पछिल्ला मिडिया रिपोर्टहरुमा मेसीले अल हिलालको बम्पर अफरलाई छोडेर अमेरिका जनाए निर्णय गरेको दाबी गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै