• २०८१ बैशाख १३ बिहीबार

बार्सिलोना फर्किन सम्भव नभएपछि मियामी रोजे- मेसी

kharibot

काठमाडौँ । लियोनेल मेसीले अन्तत: साउदी प्रो लिगको बम्पर अफर छोडेर अमेरिकन लिग क्लब इन्टर मियामी रोजेका छन् ।

मेसी बार्सिलोना फर्किने प्रयास असफल भएपछि इन्टर मियामीमा आवद्ध हुने निर्णय गरेको बताएका छन् ।

पेरिस सेन्ट-जर्मेन (पिएसजी) मा उनको सम्झौता जुन ३० मा आधिकारिक रूपमा समाप्त हुने भएपछि मेस्सी नि:शुल्क रुपमा अमेरिकन लिग मेजर लिग सकर क्लब इन्टर मियामी जाने निर्णय गरेको जानकारी दिएका छन् ।

इन्टर मियामीले व्यावसायिक साझेदार एप्पल र एडिडासको सहयोगमा मेसीलाई अनुबन्धको व्यवस्था मिलाएको हो । एप्पल टिभीले मेसीलाई आम्दानीमा निश्चित शेयर दिने गरि सम्झौता गर्न सहमत भएको र एडिडासले उनीहरूको दीर्घकालीन सम्बन्धलाई बलियो बनाउन नाफा साझेदारी सम्झौता प्रस्ताव गरेपछि मेसीको इन्टर मियामीमा आवद्धता सहज भएको बताइएको छ ।

त्यस्तै साउदी प्रो लिग क्लब अल हिलालले मेसीलाई बार्षिक ५ सय मिलियन युरोको अफर गरेको थियो । 

इन्टर मियामी जाने निर्णय सार्बजनिक भएपछि मेसीले आफ्नो लागि पैसा कहिल्लै प्राथमिकतामा नरहेको स्पष्ट गरेका छन् । मेसीले बार्सिलोनासँग सम्झौता नहुनु पैसा प्रमुख कारण नभएको बताएका छन् ।

मेसीले भनेका छन्- पैसा मेरो लागि कहिल्लै प्रमुख विषय बनेन । बार्सिलोनाको प्रस्तावको बारेमा ठोस छलफल नै भएन । उनीहरुले अफिसियल प्रस्ताव नै पठाएनन् । हामीले बार्सिलोनामा पारिश्रमिकको विषयमा छलफल नै भएन । पैसाको विषय नै थिएन । पैसा नै कारण भएको भए म साउदी जान्थे ।'

साथै मेसीले बार्सिलोनामा अहिले पनि आफु नफर्कियोस भन्ने व्यक्तिहरु रहेको आरोप लगाएका छन् । उनले ला लिगाले ग्रिन सिग्नल दिएको बताइएको भए पनि सत्य कुरा बाहिर नै नआएको उनले बताएका छन् ।

साथै मेसीले आफ्नो कारणले बार्सिलोनाका अहिलेका खेलाडीलाई बेच्ने र पारिश्रमिक कम गर्ने वातावरण बनाउन नचाहेको समेत स्पष्ट गरेका छन् ।

मेसीले भनेका छन्- 'मैले युरोपकै अन्य क्लबबाट पनि अफर पाएको थिए । तर मैले ति प्रस्तावलाई हेर्दै हेरिन किनकी म बार्सिलोना फर्किन चाहन्थे । तर जब बार्सिलोना फर्किने सम्भावना सकियो, त्यसपछि मैले केहि नयाँ गर्ने निर्णयसहित इन्टर मियामी जाने निर्णय गरे ।'
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै