• २०८१ बैशाख १२ बुधबार

साउथको फिल्म निर्माता बने धोनी

kharibot

काठमाडौँ । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी साउथको फिल्म निर्माता बनेका छन् ।

धोनी इन्टरटेनमेन्टको पहिलो फिल्म 'लेट्स गेट म्यारिड' को टिजर रिलीज भएको छ । यो फिल्म आगामी जुलाईमा रिलिज गरिदै छ ।

क्रिकेटमा आइपिएल मात्र खेलिरहेका धोनी अब फिल्म निर्माता बनेका छन् । धोनीको प्रोडक्सन हाउस धोनी इन्टरटेनमेन्टको पहिलोको रुपमा यो फिल्म आउन लागेको हो । यो तमिल फिल्ममा हरिश कल्याण र इवाना मुख्य भूमिकामा छन् । 

क्रिकेटर महेन्द्र सिंह धोनीको ब्यानरमा बन्न लागेको यो चलचित्रलाई धोनी र उनकी पत्नी साक्षीले संयुक्त रुपमा निर्माण गरेका हुन् । यस फिल्मबाट संगीत निर्देशक रमेश तमिलमणिले निर्देशनमा डेब्यु गर्दैछन् । यो चलचित्र हास्य र नाटकले भरिपूर्ण हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै