• २०८१ बैशाख ७ शुक्रबार

नेपाली महिला क्रिकेट टिम टी-२० इमर्जिंग एसिया कप खेल्दै

kharibot

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले एसीसी वुमन्स टी-२० इमर्जिंग टिम एसिया कप खेल्न पाउने भएको छ ।

हङकङमा यहि १२ जुनदेखि २१ जुनसम्म हुने यस प्रतियोगितामा थाइल्याण्डले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिए पछि सो ठाउमा नेपाली महिला क्रिकेट टिमले अवसर पाएको हो ।

यस प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका ए टिमले भाग लिने छन् भने हङकङ, नेपाल, युएई र मलेसियाका मुख्य टिमले भाग लिने छन् ।

नेपाल समुह ए मा आयोजक हङकङ, भारत र पाकिस्तानसँग रहेको छ ।

नेपालले आफ्नो पहिलो खेल पाकिस्तान ए टिमसँग जुन १३ मा खेल्ने छ भने दोस्रो खेल १५ जुनमा भारत ए टिमसँग खेल्ने छ । त्यस्तै तेस्रो खेल हङकङसँग १७ जुनमा खेल्ने छ ।

समुहका शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल खेल २१ जुनमा हुने छ ।

        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै