• २०८१ बैशाख १४ शुक्रबार

मेसी इफेक्ट- इन्टर मियामीका आउदो सिजनका सबै टिकट बिक्री !

kharibot

काठमाडौँ । लियोनेल मेसी आगमनको घोषणा गर्नासाथ इन्टर मियामीमा सकारात्मक असर देखिन थालेको छ ।

मेसी आगमनको घोषणा गरेको २४ घण्टा पनि नबित्दै इन्टर मियामीका अमेरिकन लिग एमएलएसका आगामी सिजनका सबै खेलको टिकट बिक्रि भएको छ । इन्टर मियामीका होम र अवे खेलका सबै टिकट बिक्रि भएको टिकट बिक्री कम्पनिले जनाएको छ ।

इन्टर मियामीले आफ्नो सिजनको पहिलो खेल अगस्त २० मा चार्लोट एफसीविरुद्ध खेल्दै छ । मेसीका नजिकका साथी सर्जियो अग्यूरोले सामाजिक संजालमा एक पोष्ट गर्दै मेसी खेल्ने खेल्नेको टिकट आफुले नपाएको बताएका छन् ।

इन्टर मियामीको खेलका टिकट यसअघि ३० डलरदेखि ३०० डलरसम्म रहेकोमा अहिले ३०० डलरदेखि ३५ सय डलरसम्म  पुन; बिक्री भइरहेको बताइएको छ ।

मेसी आगमनको घोषणापछि इन्टर मियामीको सबै सामाजिक सञ्जाल एकाउन्टमा ७ मिलियनभन्दा बढी फलोअर बढेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै