• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रपति पौडेलसँग बेलायती राजदूत पोलिटको बिदाइ भेट

kharibot

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच रहिआएको द्विपक्षी सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

सो अवसरमा राष्ट्रपतिले राजदूत पोलिटलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका थिए  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै