• २०८१ बैशाख १२ बुधबार

अभिनयबाट ब्रेक लिँदै स्पाइडर म्यान अभिनेता होल्याण्ड

kharibot

लसएन्जल्स । हलिउड अभिनेता टम होल्याण्डले अभिनयबाट ब्रेक लिने निर्णय लिएका छन् । ‘स्पाइडर मेन’ फेम्ड अभिनेता टमले सिरिज ‘द क्राउडेड रुम’को काम पुरा गरेपछि एक वर्षका लागि अभिनयबाट ब्रेक लिने घोषणा गरेका हुन् । उनले ब्रेक लिने कारण पनि बताएका छन् ।

उनले सिरिजमा निकै मेहनत गरेको र त्यो काम गर्नु आफ्ना लागि चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन् । यो सिरिज गत जुन ९, २०२३ मा एप्पल टिभीमा रिलिज भएको थियो ।

२७ वर्षे टम यो सिरिजका निर्माता पनि हुन् । ‘मलाई यो सिरिजमा अभिनय र निर्माण गर्दा दबाब थप बढ्यो । त्यसकारण पनि केही समयका लागि ब्रेक लिने निर्णय लिएँ’, उनले भनेका छन् ।

सिरिजमा उनले डेनी सुलिवनको भूमिका निभाएका छन् । यो सिरिजले मानसिक बिरामीबाट पीडित भए पनि सफल जीवन बाँच्नका लागि संघर्षरत व्यक्तिहरुको प्रेरणादायी कथा प्रस्तुत गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै