• २०८१ बैशाख ११ मंगलबार

अनाथका लागि कम्प्युटर किन्न ज्वालाको एकल चित्रकला प्रदर्शनी

kharibot

काठमाडौँ । नेपालकला परिषदमा ज्वाला ढकालको एकल चित्रकला प्रदर्शनी शनिबारदेखि शुरु भएको छ । 

प्रदर्शनी अवलोकन पश्चात संस्कृति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री धन बहादुर बुढा मगरले ज्वाला सेवा भावको उत्कृष्ठ नमुना भएको बताएका हुन् । 

अभिव्क्तिको शब्द भन्दा सशक्त माध्यम तथा कल्पनाशिलताको उच्च प्रस्तुती भएको बताउदै इतिहास साहित्य संस्कृतिलाई चिनाउने चित्रकला समाज परिवर्तनको माध्यम भएको बताए। 

पुर्वसंसद गोविन्द ज्ञवालीले विशाल नेपालको विशिष्ट प्रतिभा भनेका छन । 

सानैदेखि चित्रकला, साहित्य र समाजसेवा मन पर्ने बताउदै ढकालले प्रयास नेपालका अनाथ बालबालिकाको लागि कम्प्युटर र इन्टरनेटको नजिक बनाउन चित्रकला किनिदिन आग्रह गरेकी छिन । 

उक्त प्रदर्शनीमा ११० वटा २० हजार देखि ३ लाख सम्मका चित्रकलाहरु प्रदर्शनीमा राखिएका छन् । उनको चित्रकलामा प्रकृतिप्रेम र सामाजिक यथार्थता देख्न सकिन्छ । प्रदर्शनीमा ५० जनाको उपस्थिती रहेको थियो । उक्त प्रदर्शनी वैशाख २८ गते सम्म चल्नेछ । 

उद्घाटन समारोहमा अधिवक्ता हरी उप्रेति,पुर्व संसद गोविन्द ज्ञवाली,बुद्दिरत्न खड्गी लगायतको उपस्थिति रहेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै