• २०८१ बैशाख ४ मंगलबार

मुकेश अम्बानीकी छोरी इशा वैवाहिक बन्धनमा बाधिदै 

kharibot

मुम्बई । भारतीय कम्पनी रिलायन्सका मालिक मुकेश अम्बानीको छोरी इशा अम्बानी वैवाहिक बन्धनमा बाधिने भएकी छन् । 

भारतको सबै भन्दा ठुलो व्यापारिक घराना अम्बानीकी छोरी इशाको विवाह भारत कै रियल स्टेट व्यापारी अजय पिरामलका छोरा आनन्द पिरामलसँग हुने भएको हो । लामो समय देखि साथि रहेका इशा र आनन्द परिवारको सहमतिमा विवाह बन्धनमा बाधिन लागेका हुन् ।

अम्बानी र पिरामल परिवार बीच दशकौ देखि नै राम्रो पारिवारिक सम्बन्ध रहदै आएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

रिलायन्सको रिलायन्स जियोकी बोर्ड सदस्य रहेकी इशाले जियो मोबाइलको विस्तारमा ठुलो भुमिका खेलेको बताइन्छ । अम्बानी परिवारको व्यापारमा युवा संस्कृतिलाई बढावा दिन इशाको ठुलो भुमिका रहेको छ । इशासहित उनका दाइ आकास र भाई अनन्त अम्बानी मिलेर अहिले जियो मोबाइलको सम्पूर्ण व्यवस्थापन हेर्ने गर्दछन ।

स्ट्यान्डफोर्ड ग्राजुएट स्कुल अफ बिजिनेसबाट मास्टर गरेकी २६ बर्षिय इशालाई आनन्दले एक मन्दिरमा विवाहको प्रस्ताव राखेका थिए । पारिवारिक जमघट सहितको सो अवसरमा आनन्दको विवाहको प्रस्ताव इशाले स्वीकार गरेपछि दुवै परिवार आउदो डिसेम्बरसम्म दुवैको विवाह गरिदिने तयारीमा रहेको बताइएको छ ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै