• २०८१ बैशाख ११ मंगलबार

सोनम कपुर र आनन्द आंहुजा वैवाहिक बन्धनमा बाधिए 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री सोनम कपुर र दुई बर्षदेखिका प्रेमी आनन्द आंहुजा वैवाहिक बन्धनमा बाधिएका छन् । 

मुम्बईको बान्द्रामा आयोजित वैवाहिक समारोहमा सोनम र आंहुजाले विवाह गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । विवाह समारोहमा पारिवारिक इष्टमित्र र नजिकका साथीहरु सहभागी भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

अभिनेत्री सोनमले विवाह गरेका आनन्द भने एक व्यापारी हुन्  । अमेरिकामा पढाइ गरेका आनन्दको जुत्ता र कपडाका ब्रान्ड भारतमा चर्चित रहेका छन् । आनन्द चर्चित कपडा ब्रान्ड ‘भाने’ का सिइओ एवं फाउण्डर हुन् भने यसका अलावा स्निकर बुटिक भेजननभेजका मालिक हुन् । साथै उनका पिता हरिश आहुजाले स्थापित गरेको उनको शाही एक्पोर्ट कम्पनी समेत रहेको छ । 

आहुजा परिवार आफ्नो सम्पति र व्यापारका लागि भारतमा चर्चित रहेको छ । केहि समयअघि आनन्दका पिताएल दिल्लीमा १७४ करोडको घर किनेर चर्चामा आएका थिए । आनन्द अहिले करिब ३ हजार करोडका मालिक रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सन २०१४ मा दुवैका कमन साथी फेशन डिजाइनर परनिया कुरैशीको मध्यमबाट भेटेका आनन्द र सोनम भेटको एक महिना पछि देखि नै अफयेर्समा रहेका थिए ।  
बलिवुडका चर्ह्चित अभिनेता अनिल कपुरकी छोरी सोनमले पछिल्लो समय बलिवुडमा राम्रा फिल्ममा अभिनय गरेकी छन्  । 

२००७ मा फिल्म सावरियाबाट बलिवुडमा डेभ्यु गरेकी सोनमले २०१६ मा निरजा फिल्मबाट निकै चर्चा बटुलेकी थिइन्  । निरजाबाट उनले नेशनल अवार्ड समेत पाएकी थिइन्  । 

उनले प्रेम रतन धन पायो, खुबसुरत, प्याड म्यान, रंझना, दिल्ली ६ जस्ता डेढ दर्जन फिल्ममा अभिनय गरेकी छन्  । उनको वीर दे वेड़ीङ, सन्जु, द जोया फ्याक्टर, एक लड्कीको देखा तो ऐसा लगा, फिल्म आउने तयारीमा रहेका छन्  ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै