• २०८१ बैशाख ६ बिहीबार

पैदलमार्गमा राखिने सबै पसल हटाउँदै काठमाडौँ महानगर

kharibot

फाइल तस्विर । 

काठमाडौँ /  काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्गका (फुटपाथ) पसल हटाउन शुरु गरेको छ । 

रत्नपार्कबाट हटाउन शुरु गरिएको पसल केही दिनमा सबै स्थानबाट हटाइसक्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । 

कामपाकाका भित्री शहरमा अझ बढी यस्ता पसल सञ्चालन हुँदै आएकाले सडक किनारामा यात्रा गर्ने यात्रुलाई कठिन भएको छ । 

अव्यवस्थित रुपमा राखिएको पसलले दुर्घटनामा समेत वृद्धि हुनाका साथै हिड्न समेत कठिन भएकाले पसल हटाउन यो अभियान शुरु गरिएको उनले बताए । 

नगर प्रहरीको सहकार्यमा पसल हटाउने काम भइरहेको छ, शुरुवातका समयमा सबै स्थानमा नराख्नका लागि सुझाव दिने र त्यसपछि पनि राखेमा प्रहरीले सामग्रीसहित नियन्त्रणमा लिने र पसल राख्नेले जरिवानासमेत बुझाउनुपर्नेछ । 

अनुमतिबिना नै त्यस्ता पसल सञ्चालनमा हुने भएकाले तिनको संख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै