• २०८१ बैशाख ७ शुक्रबार

उर्जामन्त्री पुनको स्वेतपत्र : १० बर्षमा १५ हजार मेघावाट विद्युत, ‘एक प्रदेश एक मेगा प्रोजेक्ट’संचालन गरिने 

kharibot

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले श्वेतपत्र जारी गरेको छ ।

मंगलबार उर्जमंत्री बर्षमान पुनले जारी गरेको १२५ बुँदे स्वेतपत्र ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको हालको अवस्था, समस्या, अपेक्षित उपलब्धी हासिल हुन नसक्नुका कारणहरु र चुनौतीहरुको यथार्थ चित्रण गर्न सार्वजनिक गरिएको उल्लेख गरिएको छ ।

मन्त्री पुनले जारी गरेको स्वेतपत्रमा ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको हालको अवस्था उल्लेख गरिएको छ  । साथै यस क्षेत्रमा रहेका समस्या र चुनौतीहरुको यथार्थ चित्रण सहित वस्तुपरक ढङ्गबाट यिनको विश्लेषण गरी यस क्षेत्रको समग्र विकास गर्न यो श्वेतपत्र जारी गरिएको उल्लेख गरिएको छ ।

स्वेतपत्रमा राष्ट्रिय गौरवको अपर तामाकोशी जलविद्युत आयोजना (४५६ मेगावाट) आ.व. २०७५-७६ भित्र सम्पन्न गरिने, नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीहरु तथा निजी क्षेत्रबाट समेत गरी आगामी तीन वर्षभित्र ३,००० मेगावाट, पाँच वर्षभित्र ५,००० मेगावाट र दश वर्षभित्र आन्तरिक खपतका लागि १०,००० मेगावाटसहित १५,००० मेगावाट क्षमताका विद्युत आयोजनाहरुको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईने उल्लेख गरिएको छ ।

त्यस्तै ‘एक प्रदेश, एक मेगा प्रोजेक्ट’ कार्यक्रम अन्तर्गत हरेक प्रदेशमा कम्तिमा एउटा ठूलो जलविद्युत-सौर्य आयोजनाको निर्माण शुरु गरिने उल्लेख गरिने उल्लेख गरिएको छ ।

उर्जामन्त्री बर्षामान पुनले जारी गरेको स्वेतपत्र :


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै