रामोस भिलेन बनेपछि रियल म्याड्रिड हार्यो 

खरीबोट
ad

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड पराजित भएको छ । 

गएराती भएको खेलमा रियल सेभिलासँग ३-२ गोल अन्तरले पराजित भएको हो । सेभिलाविरूद्धको खेलमा रियलका कप्तान सर्जियो रामोस भिलेन बनेका छन् । रामोसले एक पेनाल्टी मिस गरे भने एक गोल आत्मघाती गरेका थिए ।

सुरु देखि नै दबाबमा रहेको रियल म्याड्रिडले २-० ले पछि रहेको अवस्थामा खेलको ८७ र इन्जुरी समयमा गोल फर्काएको थियो । खेलको ५८औ मिनेटमा रामोसले पेनाल्टी मिस गरेका थिए भने खेलको ८३औ मिनेटमा आत्मघाती गोल गर्दै सेभिलाको अग्रता ३-० बनाइदिएका थिए । खेलको ८७औ मिनेटमा रियलका बोर्जा मेयरलले गोल गर्दै रियलको खाता खोलेका थिए भने रामोसले इन्जुरी समयमा गोल गर्दै रियलको गोल २ पुर्याएका थिए ।

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो एल क्लासिकोमा इन्जुरीका कारण नखेलेको यस खेलमा ग्यारेथ बेल पनि खेलेका थिएनन् । त्यस्तै यस खेलका लागि म्यानेजर जिनेदिन जिदानले ७ परिवर्तन गरेका थिए जसमा रोनाल्डो र बेलका अलवा टोनी क्रुज, लुका मोद्रिचलगायतका खेलाडी खेलेका थिएनन् ।

सेभिलाका लागि बेन एडडर र लयुनले गोल गरेका थिए । रियलको यो हार पछि एथलेटिकोलाई उछिनेर ला लिगामा दोस्रो स्थानमा उक्लिने मौका रियलले गुमाएको छ । 

यस सिजनमा ३६ खेलमा रियलको यो छैठौ हार हो भने लिगमा २१ खेल जितेको छ भने ९ खेल बराबरी गरेको छ । रियलको ३६ खेलमा ७२ अंक रहेको छ । त्यस्तै सेभिला भने ३६ खेलमा ५४ अंक सहित लिगको सातौ स्थानमा रहेको छ । 
 

सम्बन्धित समाचार

एथ्लेटीको म्याड्रिडले नेपाली फुटबलको विकासमा सहयोग गर्ने

काठमाडौँ। स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।  विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन

सेभिलाविरुद्ध बार्सिलोनाको शानदार जित, घाइते मेसीले एल क्लासिको गुमाउने  

काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोनाले सेभिलालाई पराजित गरेको छ। गएराती भएको खेलमा बार्सिलोनाले सेभिलालाई ४-२ गोल अन्तरले पराजित गरेको हो।  बार्सिलोनासँगको यो हार सँगै सेभिलाको लगातार ४ खेलमा जितको सिलसिलाको अन्त्य

ला लिगामा रियल म्याड्रिड फेरी हार्यो 

काठमाडौँ।  स्पेनिस  रियल म्याड्रिड ला लिगामा फेरी पराजित भएको छ।  शनिबार भएको खेलमा लेभांटेसँग २-१ ले पराजित भएपछि रियल म्याड्रिडको संकट बढेको छ।  लेभांटेको जितमा लुइस मोरालेस र रोजर मार्टीले एक

बार्सिलोना बराबरीमा रोकियो, रियल र बार्सालाई उछिन्दै सेभिला लिगको शिर्ष स्थानमा 

काठमाडौँ।  स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ।  गएराती भएको खेलमा बार्सिलोना भलेन्सियासँग १-१ गोलले बराबरी रोकिएको हो।  बार्सिलोनाका लागि लियोनेल मेसीले गोल गरेका थिए भने भलेन्सियाका लागि इजेक्वेल गेरीले गोल


z