मुक्तिनाथ विकास बैंक नयाँ शाखा उदयपुरको कटारीमा

खरीबोट
ad

उदयपुर ।  मुक्तिनाथ विकास बैंकले कटारी नगरपालिका वडा नं.३, गोलपार्कमा आफ्नो ७९औं शाखा विस्तार गरेको छ । बिहीवार उदयपुर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् ।

शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि खड्काले आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग तथा ग्रामीण बैंकिङ्ग एकै साथ संचालन गर्ने नेपालको पहिलो वित्तीय संस्थाले यस क्षेत्रमा आफ्नो कारोबार मार्फत सम्पूर्ण जनतालाई आवश्यक पर्ने वित्तीय सेवा प्रदान गर्न गईरहेकोमा खुसी व्यक्त गरे ।  सोही सन्दर्भमा उनले गरीब देखि धनी सम्मलाई वित्तीय सेवा प्रदान गर्दै आएकोमा अबका दिनहरुमा पनि बैंकले आफ्ना लक्ष्यका साथै विभिन्न वर्गका जनताहरुलाई वित्तीय सेवा प्रदान गर्दै अगाडि बढ्न सफल बनोस् भन्ने शुभकामना पनि व्यक्त गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा रहेका ईलाका प्रशासन कार्यालयका प्रमुख सनिल पौडेलले मुक्तिनाथ विकास बैंकको जस्तो लक्ष्य लिएको बैंले कटारी क्षेत्रमा आफ्नो कारोबार संचालन गर्नु भनेको कटारीबाशीको लागि खुसीको कुरा भएको बताए ।

 साथै कार्यक्रमका सभापति एवं बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको उद्देश्य माथि प्रकाश पार्दै बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । सो क्रममा उनले मुक्तिनाथ विकास बैंकले आफ्ना समकक्षी विकास बैंकहरु मध्ये प्रगतिका प्रमुख १० वटा सूचकहरु मध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी गराएका थिए । उनले यस विकास बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए ।

उक्त कार्यक्रममा बैंकका मानव संसाधन विभाग प्रमुख शर्मिला लम्सालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकका एकै साथ दुई शाखा संचालन  

काठमाडौँ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा झापा जिल्लाको बिर्तामोड र सुनसरी जिल्लाको

मुक्तिनाथ विकास बैंकका चार शाखा थप

काठमाडौं । मुक्तिनाथ विकास बैंकले देशैभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा सिराहको लहान, गोलबजार र मिर्चैया तथा सर्लाहीको लालबन्दी गरी चार शाखा कार्यालय विस्तार गरेको छ । लाहन शाखाको उद्घाटन

मुक्तिनाथ विकास बैंकद्धारा छात्रवृत्ति सहयोग 

काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडले कालिकोटको एक विद्यालयलाई एक लाख पचास हजारको छात्रवृति प्रदान गरेको छ।   बैंकको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई

क्राउन ल्याब रोटरी एण्ड रिफरल सेन्टरमा मुक्तिनाथका ग्राहकहरुलाई विशेष छुट 

काठमाडौँ। मुक्तिनाथ विकास बैंक र क्राउन ल्याब रोटरी एण्ड रिफरल सेन्टर, भाटभटेनी र चाबाहिल काठमाडौँबीच एक सम्झौता भएको छ ।  उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा क्रेडिट कार्ड भएका


z