• २०८१ बैशाख ६ बिहीबार

कामना सेवा विकास बैंकले आक्रमक रुपमा शाखा बिस्तार गर्दै  

kharibot

काठमाडौँ । २०७४ साल साउन २० गतेको मर्ज पश्चात काठमाण्डौ–३०, ज्ञानेश्वरमा रहेको आफ्नै सुविधा सम्पन्न भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको कामना सेवा विकास बैंक लिमिटेडले अहिले आक्रमक रुपमा शाखा बिस्तार गर्दै गहिरको छ । 

आफ्नो कारोबार समेत सोहि रफ्तारमा बिस्तार गर्ने उद्देश्यका साथ अगाडी बढेको बैंकले हालै काठमाण्डौं महानगरपालिकाको ज्ञानेश्वर, धादिङको गल्छी गांउपालिको गल्छी बजार र यसै हप्तामा रुपन्देहीको शुद्धोधन गांउपालिको फर्साटिकर बजार, दाङको लमहि नगरपालिकाको लमहि बजार, कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजारमा र रोल्पाको रुन्टीगढी गांउपालिकाको होलेरी बजारमा शाखा विस्तार गरि कुल शाखा ४६ पुगिसकेको छ । 

यहि बैशाख महिना भित्रनै लमजुङको सुन्दर बजारमा, पर्वतको कुस्मा नगरपालिकाको कुश्मा बजारमा थप २ संचालनमा आउदै छ ।

२ अर्ब २८ करोड चुक्ता पुंजी र निक्षेप १४ अर्ब ३७ करोड तथा कर्जा १३ अर्ब २५ करोड रहेको कामना सेवा विकास बैंकले वित्तीय पहुंच नभएका ग्रामिण क्षेत्रमा समेत शाखा विस्तार गरी आफ्नो सेवा विस्तार गर्ने लक्ष्य सहित यस आर्थिक वर्षको जेठ महिना भित्रमा देशका विभिन्न भागमा अन्य थप ११ वटा शाखा संचालनमा ल्याई कारेवार संजाल विस्तार गर्ने रणनीति सहित अगाडी बढेको र शाखाहरुको निर्माण कार्य समेत अन्तिम चरणमा पुगि सकेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै