• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोनाले ग्रिजम्यान भित्राए लुइस स्वरेजलाई बेच्ने, यस्तो छ कारण   

kharibot

काठमाडौँ । बार्सिलोनामा फ्रेन्च प्ले मेकर एन्टोनी ग्रिजम्यान आउने रिपोर्ट आइरहेका बेला बार्सिलोनाका स्ट्राइकर लुइस स्वरेजले आउदो सिजनमा बार्सिलोना छोड्न सक्ने रिपोर्ट सार्वजनिक भएको छ ।

स्पेनिस मिडियाले ग्रिजम्यान बार्सिलोना आएमा स्वरेजले बार्सिलोना छोड्नु पर्ने स्थिति सिर्जना भएको उल्लेख गरेका छन् ।

ग्रिजम्यानलाई भित्राएपछि बार्सिलोनाको अट्याकीङ झन् बलियो हुने जसमा स्वरेजको ठाउ भने नदेखिएको बताइएको छ । यसै सिजनमा बार्सिलोना भित्रिएका ब्राजिलियन प्लेमेकर फिलिप कोन्टिन्हो र ओउसमन डेम्बेले बार्सिलोनामा विस्तारै एडजस्ट हुदै गएको र पछिल्ला खेलमा आफ्नो प्रदर्शन उत्कृष्ट दिन थालेपछि बार्सिलोनामा स्वरेजको भविष्य माथि प्रश्न उठेको बताइएको छ ।

बार्सिलोनाको काटालुनास्थित रेडियो काटालुनाले स्वरेजलेबढ्दै गएको उमेरका कारण बार्सिलोना छोड्ने स्थिति आउने दाबी गरेको छ । साथै स्वरेजलाई उनकै पुर्वक्लब लिभरपुलले भित्राउन सक्ने बताइएको छ ।

बार्सिलोनामा २० बर्षिय डेम्बेलेले इन्जुरिका कारण बार्सिलोनामा एडजस्ट हुन् समय लिएपनि विस्तारै उनको प्रदर्शन देखिन थालेको छ भने २५ बर्षिय कोन्टिन्होले पनि मैदानमा आफ्नो कमाल देखाउन थालेका छन् । 

त्यस्तै २४ बर्षिय पाको अल्कसेरले पनि राम्रो ब्याक अपको रुपमा खेलिरहेका छन् । त्यस्तै ३० बर्षिय लियोनेल मेसी आफ्नो क्यारियरकै उत्कृष्ट फर्ममा अहिले रहेका छन् । यसैबीच २७ बर्षिय ग्रिजम्यान बार्सिलोना आएमा ३१ बर्षका स्वरेजले क्लब छोड्नु पर्ने स्थिति देखा पर्ने रिपोर्टहरुमा उल्लेख गरिएको छ । 

मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले आन्द्रे इनेस्टालाई रिप्लेस गर्न कोन्टिन्होलाई भित्राए जस्तै क्लब व्यवस्थापनले स्वरेजको विकल्पमा ग्रिजम्यानलाई ल्याउन लागेको उल्लेख गरिएको छ ।

२०१४ मा लिभरपुलबाट बार्सिलोना आएका स्वरेजले बार्सिलोनाका लागि कुल १९६ खेल खेल्दै १५१ गोल गरेका छन् । स्वरेजले ला लिगामा भने १२८ खेलमा १०९ गोल गरेका छन् ।

सन २००७ देखि उरुग्वेको राष्ट्रिय टिमका लागि खेलेका स्वरेजले उरुग्वेका लागि ९७ खेल खेल्दै ५० गोल गरेका छन् । उरुग्वेबाट स्वरेजले २०११ मा कोपा अमेरिकाको उपाधि जितेका थिए ।

त्यस्तै बार्सिलोनाका लागि स्वरेजले तीन पटक ला लिगाको उपाधि जितेका छन् भने चार पटक कोपा, एक पटक च्याम्पियन्स लिग, एक पटक सुपरकोपा र एक पटक फिफा विश्वकपको उपाधि जितेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै