• २०८१ बैशाख १३ बिहीबार

९२ वर्षमा प्रधानमन्त्री ! विश्वलाई चकित पार्ने महमद महाथिर को हुन् ? 

kharibot

तस्बिर : news sky

काठमाडौं । मलेसियाका चर्चित नेता महाथिर महम्मदले ९२ वर्षको उमेरमा प्रधानमन्त्री बनेर गत बिहीबार विश्व रेकर्ड बनाएका छन् । भर्खरै सम्पन्न चुनावमा उनको गठबन्धनले २ सय २२ मध्ये १ सय १३ सिटमा विजय पाएसँगै महाथिर विश्व कीर्तिमान कायम गर्ने अवसर पाए । 

विगत २२ वर्षसम्म मलेसियाको राजनीतिको नेतृत्व लिएका महाथिरको शासनकाल सन् २००३ मा सकिएको थियो । मलेसियामा बहुमतको लागि ११२ सिट आवश्यक पर्नेमा उनको गठबन्धनले १ सय १३ सिट जितेपछि उनी नै मलेसियाको प्रधानमन्त्री बनेका हुन् । निर्वाचित भएकै दिन महाथिरले मलेसियाको प्रधानमन्त्रीको शपथ लिएका थिए ।  

९२ वर्षीय महाथिरले बारिसन न्यासनल (बीएन) गठबन्धनलाई चुनावमा पराजित गरेका हुन् । चुनावमा घोटालाको आरोपबाट घेरिएका प्रधानमन्त्री नजिब रज्जाक र महाथिरबीच पहिलो नै कडा संघर्ष हुने बताइएको थियो । 

व्यापक वित्तीय घोटालाबाट मलेसियाको अन्तर्राष्ट्रिय छवि नै धूमिल भएको भन्दै महाथिरले पहिले आफू सत्तामा हुँदा विपक्षी रहेका दलहरुसँग गठबन्धन गर्दै चुनावमा गठबन्धन गरेका थिए । यो गठबन्धनमा महाथिरका पुराना विरोधी र जेलमा बन्दी बनाइएका अनवर इब्राहिम पनि सामेल थिए । 

ब्यारिसन नेशनल पार्टी सन् १९५७ मा मलेसिया बेलायतबाट स्वतन्त्र भएयता सत्तामा रहँदै आएको छ । कुनै समय नजिब रज्जाकको गुरु समेत रहेका महाथिर गत तीन वर्षयता रज्जाकको लोकप्रियतामा कमी आउनथालेपछि त्यसको फाइदा उठाउँदै उनीविरुद्ध अभियान चलाए । सोही अभियानको कारण महाथिरको यो जित सम्भव भएको मानिएको छ ।

यसअघि महाथिर सन् १९८१ देखि २००३ सम्म बीएनसँगकै गठबन्धनमा २२ वर्ष सत्ता हाँकेका थिए । 

संसारकै वृद्ध उमेरमा प्रधानमन्त्री 

महाथिरका लागि मात्र नभएर विश्वकै लागि अनौठो राजनीतिक संयोग पनि हो मलेसियाको निर्वाचन परिणाम । महाथिर ९२ वर्षमा प्रधानमन्त्री बनेका छन्, उनको तुलनामा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २१ वर्ष कान्छा छन् भने क्यानडेली प्रधानमन्त्री जष्टिन ट्रुडेउभन्दा दोब्बर बढी उमेर उनको छ । मलेसिया दक्षिणपूर्वी एसियाकै व्यापार र आर्थिक स्थिति बलियो भएको देश हो ।

महाथिर ९२ वर्षमा प्रधानमन्त्री बनेका छन्, उनको तुलनामा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २१ वर्ष कान्छा छन् भने क्यानडेली प्रधानमन्त्री जष्टिन ट्रुडेउभन्दा दोब्बर बढी उमेर उनको छ । मलेसिया दक्षिणपूर्वी एसियाकै व्यापार र आर्थिक स्थिति बलियो भएको देश हो ।

यसको श्रेय समेत उनै महाथिरलाई जान्छ । तर वर्तमान मलेसियाको अवस्थाप्रति महाथिरले केही समययता असन्तुष्टि पोख्दै आएका थिए । मलेसियामा ठूलो भ्रष्टाचार काण्ड मच्चिएसँगै महाथिरले संसारकै वृद्ध उमेरमा प्रधानमन्त्री बन्ने सुअवसर पाएका हुन् । चुनावअघि उनले आफूले अब दुई वर्ष मात्रै सत्ता सम्हाल्न चाहेको बताएका थिए । तर अब सत्ता र शक्तिमा आइसकेपछि उनले के गर्लान् भन्ने चासो उत्तिकै छ । यद्यपि उनको उमेरले पनि साथ भने नदिन सक्छ । 

यसरी उदाएका थिए महाथिर 

युनाइटेड मलाया नेशनल अर्गनाइजेसन (यूएमएनओ)बाट अलग्गिएर अहिले विपक्षी पाकातान हारापानसँग गठबन्धन गर्दै यो स्थितिमा आइपुगेका महाथिरको उदयबारे पनि रोचक कहानी छ । यूएमएनओमा महाथिरले २१ वर्षको उमेरमा लागेका थिए । उन सन् १९६४ मा संसद् सदस्य बनेका थिए । सन् १९६९ मा सिट गुमाएका महाथिरलाई तत्कालीन प्रधानमन्त्री टन्कु अबदुल रहमानलाई कडा चिठी लेखेपछि पार्टीले निकालेको थियो ।

महाथिरले पछि मलाया डिलेमा भन्ने किताब पनि लेखेका थिए । उनले मलायाहरु दोस्रो दर्जामा रहेको बताउँदै आएका थिए । पछि पुनः उनलाई पार्टीले फिर्ता बोलाएको थियो । त्यसपछि सन् १९७४ मा पुनः उनी संसद सदस्यमा निर्वाचित भए र शिक्षामन्त्री बन्न सफल भए । चार वर्षकै अन्तरालमा उनी पार्टीकै नायबी नेतृत्व हत्याउन सफल भए । पछि सन् १९८१ मा प्रधानमन्त्री बन्न सफल भए । उनको कार्यकालमा मलेसियाले ठूलो आर्थिक फड्को मार्यो । उनी निरंकुश भए पनि व्यावहारिक भएका कारण उनको जनप्रियता मलेसियामा घटेन । 

सन् १९८१ मा प्रधानमन्त्री बन्न सफल भए । उनको कार्यकालमा मलेसियाले ठूलो आर्थिक फड्को मार्यो । उनी निरंकुश भए पनि व्यावहारिक भएका कारण उनको जनप्रियता मलेसियामा घटेन । 

आलोचना 

आफू सत्तामा आएपछि विपक्षीलाई जेलमा समेत हालेका थिए महाथिरले । आफ्नै उपप्रधानमन्त्री अनबर इब्राहिमलाई भ्रष्टाचार आरोपमा सत्ताबाट गलहत्याएका महाथिरले सन् १९९८ मा आर्थिक र राजनीतिक पुनर्मूल्यांकनको घोषणा गरेका थिए । तिनै अनबरसँग मिलेर अहिले महाथिर प्रधानमन्त्री बनेका हुन् ।

अनबरकी पत्नी वान अजिजाहले महाथिरसँग बनेर नजिबलाई हटाउन गठबन्धन गरेका थिए । अनबरसँग गठबन्धन कसेका महाथिरको कदमलाई आश्चर्यजनक रुपमा लिएका छन् । किनकि ९० को दशकमा आफैँले अनबरलाई जेल हालेका थिए, यस कदमलाई राजनीतिक पूर्वाग्रह भनिएको थियो भने सन् २०१५४यता नजिबले अनबरलाई दोस्रोपटक दोषी देखिएको भन्दै जेलमै राखेका थिए । यसलाई पनि राजनीतिक पूर्वाग्रह नै मानिएको छ । अनबर आगामी जुनमा जेलमुक्त हुनेछन् । 

सन् २०१६ मा विपक्षीसँग मोर्चाबन्दी गरेका थिए । ९२ वर्षको उमेरमा निर्वाचन लड्ने भनी उनले गत जनवरीमा घोषणा गरेका थिए ।

नजिबसँग कुरा मिल्न छाडेपछि पार्टी र सरकारविरुद्ध महाथिरले गुटबन्दी कस्नथाले । सोही कारण महाथिरका हाइप्रोफाइल समर्थकले पनि यूएमएनओ छोड्दै सन् २०१६ मा विपक्षीसँग मोर्चाबन्दी गरेका थिए । ९२ वर्षको उमेरमा निर्वाचन लड्ने भनी उनले गत जनवरीमा घोषणा गरेका थिए । सोहीअनुसार निर्वाचन लडेर विजय पाएका हुन् महाथिरले गत बिहीबार । 

अन्तिम अवसर 
महाथिरको  लागि यो प्रधानमन्त्री कार्यकाल अन्तिम अवसरका रुपमा हेरिएको छ । राजनीतिमा जे पनि सम्भव छ भन्ने कुरालाई बल दिने क्रममा उनले एक समय आफ्नै चेला रहेका नजिबविरुद्ध मोर्चाबन्दी कस्न एक समय आफ्ना विरोधी रहेका अनबरलाई अंगालो हालेका छन् । अनबरकी पत्नी पनि बुधबार संसद् सदस्यमा निर्वाचित भएकी छिन् ।

महाथिरको उमेर नै ९० पार गरिसकेको अवस्थालाई हेर्ने हो भने पनि यो उनको अन्तिम अवसर हो । ९२ वर्षका महाथिर र ७० वर्षका अनबरका लागि यो निर्वाचन फलिफाप सिद्ध त भएकै छ, दुवैलाई सत्तामा पुग्ने महत्वपूर्ण अवसर समेत सिद्ध भएको छ । गठबन्धनमा सहमति भएअनुसार महाथिरले निश्चित समयावधिपछि अनबरलाई सत्ता हस्तान्तरण गर्नुपर्नेछ । 

  • एजेन्सीहरूको सहयोगमा 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै