• २०८१ बैशाख ८ शनिबार

मोदीले गरे मुक्तिनाथ मन्दिरमा पुजा, मुस्ताङमा मोदीलाई शालिग्राम उपहार दिइने 

kharibot

मुक्तिनाथ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा पुजा गरेका छन् ।  

विहान करिब ८ बजे हेलिकप्टरबाट मुस्ताङ पुगेका मोदीलाई प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथिवी सुब्बा गुरुङले स्वागत गरेका थिए ।  

मुक्तिनाथ दर्शनपछि मोदीलाई स्थानीय जनप्रिय युवा क्लबका तर्फबाट स्थानीय संस्कृति प्रदर्शन गरिने भएको छ । 

स्थानीयवासी प्रधानमन्त्री मोदी स्वागतको पर्खाइमा रहेको क्लबका पूर्वअध्यक्ष सुरज गुरुङले बताएका छन् । मोदी आउने भएसँगै उत्साहित स्थानीयवासीले मुक्तिनाथदेखि रानीपौवा बजार सरसफाइ गरेको क्लबका अध्यक्ष उक्रेन गुरुङले जानकारी दिए । 

स्वागतका क्रममा बारागुङ गाउँपालिकाका तर्फबाट ताम्रपत्र प्रदान गरिने गाउँपालिकाका अध्यक्ष फेन्चोकछेप्तेन गुरुङले जानकारी दिए । उनका अनुसार मुक्तिनाथ विकास समितिका तर्फबाट शालिग्राम र बौद्ध लामाबाट बुद्धको मूर्ति दिइने तयारी गरिएको छ ।

स्थानीय संस्कृतिअनुसार संस्कृति प्रदर्शनको तयारी गरिएको रानीपौवा आमा समूहका अध्यक्ष कन्दु गुरुङले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै