• २०८१ बैशाख ६ बिहीबार

मेसी र स्वरेजलाई हरेक दिन ‘मिस’ गर्छु – नेइमार 

kharibot

काठमाडौँ । ब्राजिलियन फुटबलर नेइमारले आफुले बार्सिलोनाक लियोनेल मेसी र लुइस स्वरेजलाई हरेक दिन ‘मिस’ गरिरहेको बताएका छन् । 

युट्युबमा राखिएको जिकोसँगको अन्तर्वार्तामा नेइमारले सो कुरा बताएका हुन् । हाल पिएसजी छोडेर रियल म्याड्रिड जनाए हल्ला चलिरहेका बेला नेइमारको यस्तो भनाई आएको हो । नेइमारले अन्तर्वार्तामा आफुले हरेक दिन जसो मेसी र स्वरेजलाई मिस गर्ने गरेको बताउदै उनले दुई जनासँगको मित्रता विशेष भएको बताएका छन् ।

मेसी र स्वरेजसँग विताएको क्षण सम्झिदै नेइमारले आफुहरु अत्यन्त नजिक रहेर बार्सिलोनामा फुटबल खेलेको स्मरण गरे । 

अन्तर्वार्तामा नेइमारले यस सिजनमा पिएसजी छोड्ने सम्भावनालाई भने सिधै नकारेका छन् । बार्सिलोना फर्किने या रियल म्याड्रिड जाने चर्चा चलिरहेका बेला नेइमारले नयाँ जर्सी लगाउनु गर्वको कुरा भएको भन्दै आफुले यस सिजनमा क्लब नछोड्ने बताए ।

नेइमारको बारेमा बार्सिलोन का लिजेण्ड खेलाडी आन्द्रे इनेस्टाले टिप्पणी गर्दै नेइमार फेरी बार्सिलोना आउन निकै गार्हो रहेको बताएका थिए ।

गत फेब्रुअरीमा इन्जुरीका कारण मैदान बाहिर रहेका नेइमार अब ब्राजिलको विश्वकपको तयारीमा फर्किने विस्वास गरिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै