काठमाडौँ । दिल्ली डेयर डेभिल्सविरुद्ध पहिलो खेल खेलेका सन्दीप लामिछानेले खेलपछि आफ्ना मेन्टर माइकल क्लार्कसँग कुराकानी गर्दै आफ्नो खुशी व्यक्त गरका छन् ।
रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा शनिबार डेब्यू गरेका नेपाली युवा बलर सन्दिप लामिछानेले आफ्नो डेभ्यु खेलमा बारेमा क्लार्कसँग कुरा गर्दै यस्तो खुशी व्यक्त गरेका हुन् ।
दिल्लीका लागि प्लेइङ ११ मा पहिलो पटक मौका पाएका सन्दीपले भने, ‘मैले संसारभरबाट म्यासेज पाएको छु । मलाई उहाँहरूले मैदानमा हेर्न चाहनुभएको छ अन्ततः आज पुरा भएको छ ।’
विराट कोहली र एबी डिविलीयर्सविरुद्ध बलिङ गर्न पाउदा अत्यन्तै खुसी लागेको बताउदै यसबाट धेरै सिक्न पाएको बताए । सो अवसरमा माइकल क्लार्कले पनि सन्दीपसँग कुरा गर्दै आफु सबै भन्दा खुशी भएको भन्दै उनिप्रति आफुले गर्व गर्ने बताएका थिए ।
गएराती वैंगलोरविरुद्ध डेभ्यु गरेका सन्दिपले ओपनर पार्थिव पटेलको विकेट लिँदै उत्कृष्ट सुरूवात गरेका छन् ।
वैंगलोरविरुद्धको खेलमा दिल्लीबाट ५ बलर मध्ये सन्दीप सबैभन्दा किफायती रहेका छन् । नियमित खेलाडी ग्लेन म्यासवेलको ठाउँमा खेलेका सन्दिपले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर एक विकेट लिए ।