• २०८० असोज १३ शनिबार

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

kharibot

काठमाडौं । सरकारले भन्सार र विद्युत् विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भन्सार र विद्युत् विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

बैठकले प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने, नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने पनि निर्णय गरेको छ ।

साथै बैठकले नेपाल प्रशासन सेवा सामूहिकीकरणतर्फको रिक्त एक सचिव पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिएकी छन् । त्यस्तै बैठकले नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै