• २०८१ बैशाख १४ शुक्रबार

फेरियो विद्यार्थी राजनीती गर्ने तरिका, पुस्तकालय निर्माण अभियानमा जुटे विद्यार्थी नेता 

kharibot

काठमाडौँ । वर्तमान समयमा विद्यार्थी आन्दोलन रक्षात्मक बनिरहेका बेला अनेरास्ववियु संखुवासभा-काठमाडौ सम्पर्क कमिटीले भने राजधानीमा शनिबार एक कार्यक्रमका बिच सार्वजनिक शिक्षाको गुणस्तरीयता वृद्धिको निमित्त पुस्तकालय निर्माण अभियान घोषणा गरेको छ । 

अभियन्ता तथा कमिटिका प्रमुख विज्ञान दाहालका अनुसार पुस्तकालय निर्माण अभियान विद्यार्थी आन्दोलनको नयाँ रुप भएको जिकिर गरे ।

अभियानको घोषणा गर्न कार्यक्रममा पुगेका संखुवासभाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधी सदस्य राजेन्द्र गौतमले अभियान शिक्षा क्षेत्रको बिकासको निमित्त कोसेढुंगा साबित हुने बताए । त्यसै गरी अनेरास्ववियु केन्द्रिय सचिव सुदेश पराजुलीले अभियान सफल बनाउन आफ्नो तर्फबाट गर्न सक्ने योगदान गर्न पछि नहट्ने प्रतिबद्वता जाहेर गरे ।

त्यसैगरी अनेरास्ववियु सचिवालय सदस्य यसु लामा तथा चन्द्र थिङले समेत प्रतिबद्वता जाहेर गरेका थिए । त्यस्तै तेज बहादुर ढकालले अबको विकास खुद्रा हुनुहुन्न, अब होलसेलमा बिकास हुनुपर्छ भन्दै यस्ता अभियानले परिवर्तनको नेतृत्व गर्न सक्नुपर्ने बताए ।

यसरी अव विद्यार्थी राजनीति मुर्दावाद वा जिन्दावादमा मात्र नअल्झिएर पुस्तकालय निर्माण जस्तो दीर्घकालीन प्रभाव पार्ने अभियानमा संलग्न हुनुलाई उपस्थित अतिथी तथा महानुभावले सक्दो सहयोग गर्ने प्रतिक्रिया दिए । 

पुस्तकालय संखुवासभाका सार्वजनिक विद्यालयबाट निर्माण गरिने तथा संकलन ‘एक पुस्तकको सहयोगले हजारौ पुस्तकालयहरु बन्न सक्छन’ बह्न्ने मुल अभिप्रायमा गरिने ब्यहोरा कार्यक्रम संयोजक पवन दाहालले बाताए ।  कार्यक्रममा प्रदेश न१ प्रदेश सम्पर्क कमिटि सचिवालय सदस्य कमल खत्री 

सदस्य, बिमल काफ्ले, सल्लाहकार सदस्य शेर बहादुर कार्की , प्रदेश सम्पर्क संगठन कमिटी सदस्य चन्द्र मणी भुजेल, युनाईटेड ओल्ड स्कुलका फाउण्डर सुर्य कार्की, लगायतको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता कमल काफ्लेले गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै