• २०८१ बैशाख ७ शुक्रबार

राजस्थानले मुम्बईलाई हरायो, बटलरले बनाए ९४ रन  

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

गएराती भएको खेलमा राजस्थानले मुम्बईलाई ७ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १६९ रनको लक्ष्यलाई राजस्थानले १८ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै महत्वपूर्ण जित हासिल गरेको हो ।

हार पछि मुम्बईको प्लेअफ यात्रा संकटमा परेको छ भने राजस्थानको प्लेअफको यात्रा सहज बनेको छ ।

राजस्थानको जितका लागि जोस बटलरले ९४ रनको पारी खेलेका थिए भने कप्तान अजिख्य रहानेले ३७ र संजु सामसनले २६ रन बनाएका थिए ।
मुम्बईका लागि हार्दिक पाण्डेयले २ विकेट लिएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको थियो । मुम्बईका लागि एवं लुइ ले सर्वाधिक ६० रन बनाएका थिए भने सूर्यकुमार यादवले ३८ र हार्दिक पाण्डेयले ३६ रन बनाएका थिए ।

राजस्थानकी बेन स्टक र जफ्री आर्चरले २-२ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच राजस्थानका जोस बटलर बनेका थिए ।

जितपछि राजस्थानको १२ खेलमा १२ अंक सहित पाचौ स्थानमा छ भने प्लेअफका लागि अझै सम्भावना जिवितै राखेको छ भने मुम्बई १२ खेलमा १० अंक सहित छैठौ स्थानमा छ । मुम्बईलाई अब प्लेअफमा पुग्न भने गार्हो देखिएको छ ।  

आइपिएल अन्तर्गत आजको खेल किंग्स इलेभेन पंजाव र रोयल च्यालेन्जर्स मुम्बईबीच हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै