तेह्रथुमको आठराई गाउँसभाबाट शिक्षा ऐन पारित

खरीबोट

 तेह्रथुम / तेह्रथुमको आठराई गाउँपालिकाले आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ गाउँसभाबाट पारित गरेको छ । 

नेपालको संविधान २०७२ बमोजिम स्थानीय तहको शिक्षासम्बन्धी अधिकार सुनिश्चित गर्न आधारभूत तथा माध्यमिक शिक्षा विधेयक—२०७४ पारित गर्दै आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७४ निर्माण गरेको हो । 

गाउँपालिकाको स्थानीय अध्यापन अनुमतिपत्र, विद्यालय खोल्न अनुमति, माध्यमिक शिक्षाको प्रकार, विशेष शिक्षा, समावेशी शिक्षा, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, दूर शिक्षा तथा खुला शिक्षासम्बन्धी ऐनमा व्यवस्था गरिएको छ । 

गाउँ शिक्षा समिति, स्थानीय शिक्षा अधिकारी, घुम्ती विद्यालय सञ्चालन, विद्यालय व्यवस्थापन समिति गठन, वडा शिक्षा समिति, छात्रामैत्री वातावरण व्यवस्थापन, शिक्षक महासंघ, शिक्षक तथा कर्मचारीको पदीय आचरण तथा अन्य व्यवस्था, शिक्षकको नियुक्ति र सरुवा, विद्यालय खोल्न आवश्यक अनुमतिदेखि अनुगमन र नियमका आधार तथा अनुदानको समेत ऐनमा व्यवस्था गरिएको छ । 

‘आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७४’ नाम दिइएको उक्त ऐनमा ५९ बुँदा रहेको छ । ऐनमा संक्रमणकालीन व्यवस्थामा उक्त ऐनले तोकिएबमोजिम हुने भनी व्यवस्था गरेको काम नियमावली नआउँदासम्म गाउँपालिकाले गर्नसक्ने उल्लेख छ । यस्तै, यो ऐन जारी भएपछि विद्यालयमा रिक्त रहेको दरबन्दीमा विज्ञापन गर्ने अनुमति गाउँपालिकाले दिन सक्ने व्यवस्था छ । 

गाउँपालिकाको दोस्रो गाउँसभा पछि ऐन प्रमाणीकरण हुने आठराई गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद ओलीले बताए  । गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा आइतबारदेखि ‘राम्रो गाउँ हाम्रो गाउँ, हाम्रो आठराई समृद्ध आठराई’ भन्ने मूलनाराका साथ गाउँसभा शुरु भएको छ । 

सम्बन्धित समाचार

विवाह मण्डपमा बसेकी बेहुलीमाथि कुटपिट

तेह्रथुम । तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०.३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण

गाडी खरीदमा तेह्रथुमका स्थानीय तहको सात करोड खर्च

तेह्रथुम । तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो

तेह्रथुममा तेब्बर भाडा असुल्दै सवारी, यात्रुलाई सास्ती

तेह्रथुम । चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन् ।

सीमा विवादले भ्यूटावर निर्माण अलपत्र

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा भ्यूटावर निर्माणको काम अलपत्र भएको छ । टावर निर्माण भइरहेको जमीन तेह्रथुम या सङ्खुवासभाको हो भन्ने विवादले


z