• २०८१ बैशाख ८ शनिबार

आउँदै छन् छवटा फोल्ड गर्न मिल्ने स्मार्टफोन, कुन कुन कम्पनीले ल्याउँदै छन् ? 

kharibot

प्रविधि । सन् २००७ मा आईफोन लन्च भएयताका वर्षहरुमा फोनका डिजाइनमा खासै परिवर्तन भएका छैनन् ।

सामसुंगले केही डिजाइनमा बदलाव त गरेको छ तर उसका पनि खासै उल्लेख्य परिवर्तन भएको पाइँदैन । सन् २०१४ मा सामसुंगले ग्यालेक्सी नोट एजलाई कभ्र्ड डिस्प्लेयुक्त बनाए पनि अन्य परिवर्तन भएको छैन ।

तर अब भने चाँडै नै ठूला मोबाइल उत्पादकले आधा पट्याउन मिल्ने फोनहरु ल्याउने भएका छन् । 

सामसुंगको ग्यालेक्सी एक्स 
कोरियन फोन निर्माता कम्पनी सामसुंगले ग्यालेक्सी एक्सलाई फोल्ड गर्न मिल्ने बनाउनलागेको बताइएको छ । एजेन्सीहरुले उक्त फोनको डिजाइन लिक भएको भन्दै यस्तो दाबी गरेका हुन् । बजारमा चुहिएको हल्ला यदि साँचो भए सन् २०१९ को मोबाइल वल्र्ड कंग्रेसमा उक्त फोन लन्च हुनेछ । यो फोन ६ देखि ७ इन्चसम्मको हुनसक्ने बताइएको छ । 

एलजीको बेन्डी हाइब्रिड 
त्यस्तै अर्को मोबाइल निर्माता कोरियन कम्पनी एलजीले पनि फोल्ड गर्न मिल्ने फोन ल्याउने बताइएको छ । यसलाई कतिपयले ग्यालेक्सी एक्सलाई चुनौती दिने पनि भनेका छन् । यसका लागि कम्पनीले वल्र्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसनबाट अनुमति लिएको बताइएको छ । पेटेन्ट तस्बिरमा धेरै फोल्ड गर्न मिल्नेखालका फोनका डिजाइनहरु रहेका छन् । 

माइक्रोसफ्ट सरफेस फोन 
माइक्रोसफ्टले खासै फोन बनाउने कम्पनी त होइन तर बजारमा अब उसले सरफेस फोन बनाउने हल्ल चल्नथालेको छ । जुन फोन फोल्ड गर्न मिल्ने हुनेछ । माइक्रोसफ्टले गरेको नयाँ स्क्रिन डिजाइनले यस्तो हल्लालाई बल पुर्याएको हो । उक्त डिजाइन न ट्याबलेट, न ल्यापटपमा प्रयोग हुने भएकाले पनि मोबाइलकै लागि भएको बताइएको हो । 

एप्पलको फोल्डेबल आईफोन 
यस्तै अन्य चुहिएका रिपोर्टहरुका अनुसार एप्पलले पनि फोल्ड गर्न मिल्ने आईफोन बनाउन लागेको बताइएको छ । साइन्स फिक्सन भर्सनमा यस्तो फोन लन्च गरिने बताइएको हो । उक्त फोन ट्याबजस्तै हुनेछ । यो फोन २०२० मा आउनेछ । 

हुवावे 
कम्पनीले आगामी नोभेम्बर अगाडि नै फोल्ड गर्न मिल्ने फोन ल्याइसक्ने अपेक्षा गरिएको छ । यो कम्पनी विश्वकै तेस्रो ठूलो स्मार्टफोन उत्पादक हो । यसका लागि सप्लायर्सहरुसँग डिभाइस उपलब्ध गराउने डिल समेत कम्पनीले गरिसकेको बताइएको छ । 

मोटोरोला 
माथिका कम्पनीलाई पछ्याउँदै मोटोरोलाले पनि फोल्ड गर्न मिल्ने मोबाइल बनाउन लागेको छ । वल्र्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसनबाट कम्पनीले पेटेन्ट स्वीकृत गराइसकेको छ । मोटोरोलाको लामो आयाताकार स्क्रिन रहने र त्यसलाई फोल्ड गर्न मिल्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै