• २०८१ बैशाख ६ बिहीबार

च्याम्पियन्स लिगको फाइनल खेल युट्युबमा लाइभ हेर्न पाइने

kharibot

काठमाडौँ । लिभरपुल र रियल म्याड्रिडबीचको च्याम्पियन्स लिगको फाइनल खेल युट्युबमा लाइभ हेर्न पाइने भएको छ ।

युक्रेनको किभमा मे २६ मा हुने च्याम्पियन्स लिगको फाइनल खेल युट्युबसहित अन्य अनलाइन प्लेटफर्म हरुमा नि:शुल्क हेर्न पाइने भएको हो ।

रिपोर्ट अनुसार एथलेटिको म्याड्रिड र मार्सेलीबीचको युरोपा लिगको फाइनल खेल पनि युट्युबसहित अन्य अनलाइन प्लेटफर्ममा नि:शुल्क हेर्न पाइने भएको छ । युरोप लिगको फाइनल खेल मे १६ मा हुदै छ ।

च्याम्पियन्स लिगको डिजिटल अधिकार पाएको बिटी स्पोर्ट्सले अनलाइनमा नि:शुल्क लाइभ गर्न सहमत भएको बताइएको छ । बिटी स्पोर्टका हाल ६५ लाख ग्राहक छन् भने अनलाइन ग्राहकको संख्या बढ्ने बताएको छ । लिभरपुल फाइनलमा पुगेकोले पनि बिटी स्पोर्टले फाइनल खेल नि:शुल्क अनलाइनमा लाइभ गर्न लागेको बुझाइ धेरैको रहेको छ ।

युट्युब र बिटी स्पोर्टले यस विषयमा समझदारी गर्दै संसारभर रहेका फुटबल फ्यानहरुलाई फुटबलसँग झन् जोड्न यसले मद्धत गर्ने बताएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै