• २०८१ श्रावण १२ शनिबार

अभियन्ता ई: ७७ घण्टा काठमाडौँ महानगर अगाडी उभिने, के के छन् माग ?

kharibot

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने वाचा पूरा नगरेको भन्दै सामाजिक अभियन्ता ई: ले ७७ घण्टा उभिएर विरोध शुरु गरेका छन् । उनीसहितका अभियन्ताहरु काठमाडौं महानगरपालिकाको कार्यालयअघि ७७ घन्टासम्म उभिदै मंगलबारदेखि दिउसो १ बजेदेखि राष्ट्रिय सभा गृहअगाडि उभिएर विरोध शुरु गरेका हुन् । 

ई: ले शुक्रबार साँझ ६ सम्म महानगरपालिका अगाडि यसरी नै उभिने बताएका छन् ।

उनले काठमाडौं महानगरका मेयर बालेनले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्नेलगायत माग राखेका छन् ।  उनीसँगै अन्य केही युवाहरू पनि राष्ट्रिय सभाअघि प्लेकार्ड लिएर उभिएका छन् ।

फुटपाथ व्यवसायीहरूलाई विकल्प नदिई हटाएको भन्दै काठमाडौं महानगर र मेयर बालेनको आलोचना हुदै आएको छ । अझ महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको दुर्व्यवहार सामाजिक सञ्जालमा भाइरल नै हुने गरेका छन् । 

इशान अधिकारी उर्फ ई: कोरोना महामारी बेलामा इनफ इज इनफ आन्दोलनको नेतृत्व गरेर चर्चामा आएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै