• २०८१ बैशाख ८ शनिबार

मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

kharibot

फाइल तस्बीर

काठमाडौँ  । मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको हो । ९ एनएजेयु कलसाइन रहेको विमानमा चालक किरण भट्टराई, सहचालक आदित्य नेपालीले उडाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ ।

विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिएका छन् । 

मकालुको कार्गो विमान यसअघि बाजुरामा भेटिएको अपुष्ट खबर आएको थियो । सुर्खेत विमानस्थलले दिएको सो खबर आफैले गलत भएको भन्दै सच्चाएको थियो ।

सुर्खेतबाट सिमिकोटका लागि बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको विमानमा सम्पर्कविहिन भएको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै