• २०८१ बैशाख २१ शुक्रबार

नेपाल मुस्लिम सङ्घको अध्यक्षमा मन्सुरी निर्वाचित

kharibot

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको केन्द्रीय अध्यक्ष पदमा अतावुल मन्सुरी निर्वाचित भएका छन्  । सङ्घको गए राति काठमाडौँको राष्ट्रिय सभागृहमा सम्पन्न तेस्रो महाधिवेशनबाट मन्सुरीको नेतृत्वमा ८७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

अध्यक्षमा मन्सुरसहित मोहम्मद निजामुद्दिनले मनोनयन दर्ता गराएका थिए । तर सहमतिका लागि जनाउँदै निजामुद्दिनले मन्सुरीलाई समर्थन गरेपछि उहाँ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

उक्त महाधिवेशनले नौ उपाध्यक्ष, तीन महिला उपाध्यक्ष, दुई महासचिव, ११ सचिव, एक कोषाध्यक्ष, सहकोषाध्यक्ष एकसहित ५१ सदस्य हुने गरी निर्विरोध निर्वाचित गरेको नेता निजामुद्दिनले जानकारी दिए ।

विसं २०६५ मा स्थापना भएको सङ्घको हाल देशभर ४३ जिल्लामा शाखा रहेका छन् । तेस्रो महाधिवेशनका लागि देशभरबाट करिब चार सय प्रतिनिधिको सहभागिता रहेको थियो ।

आइतबार काठमाडौँको राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै