मुलुकको परराष्ट्र नीति अपरिपक्व – नेता भट्टराई

खरीबोट
ad

तनहुँ  । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशको परराष्ट्रनीति अपरिपक्व रहेको बताएका छन् । 

तनहुँको व्यास नगरपालिकामा आज आयोजित अन्तरक्रियामा डा. भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा परराष्ट्र नीति अपरिपक्वका कारण धेरै विदेशी चलखेल बढेको बताए । 

‘आन्तरिक मामिलामा सबै मिलेर अडान राख्न नसक्नु ठूलो कमजोरी नै देखियो’ डा. भट्टराईले भने । मुलुकलाई विकास र समृद्धिमा अगाडि बढाउन सरकारले ठोस कार्यक्रम अगाडि बढाउनुपर्ने डा. भट्टराईको भनाइ थियो । 

उनले महर्षि वेदव्यास र भानुभक्तको जन्मभूमि तनहुँमा पर्यटकीय सम्भावना प्रशस्तै रहेकाले पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्छ भने । 

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरले यो वर्ष स्थानीय तहले निर्माण गर्ने आवश्यक ऐन नियम कानुन बनाएकाले आगामी वर्षदेखि त्यसलाई कार्यान्वयन गर्दै लैजाने बताए ।

सम्बन्धित समाचार

डा. बाबुराम भट्टराई एक महिना लामो भ्रमणका लागि अमेरिका प्रस्थान

काठमाडौँ। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई आज करीब एक महिना लामो प्राज्ञिक भ्रमणका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।  भ्रमणका क्रममा उनले अमेरिकाका प्रबुद्ध र प्राज्ञिक

हामी मगन्ते भयौ, सित्तैमा पाए जे पनि खाने बानी छोडौ – डा. बाबुराम भट्टराई 

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बजेट बनाउदा अर्थमन्त्री अल्मलिएको बताउदै उनको अवस्था ‘न हाँसको चाल न कौवाको चाल’ भएको बताएका छन् ।  प्रतिनिधि सभामा बजेटमाथि भएको

बजेट बारे डा. बाबुराम भट्टराईको टिप्पणी : माछा माछा भ्यागुतो

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निराश भएको प्रतिक्रिया दिएका छन् । यस अघि अर्थमन्त्रीको समेत जिम्मेवारी निभाएका डा.भट्टराईले बजेटले

गोरखा २ बाट डा. बाबुराम भट्टराई विजयी 

गोरखा ।  चर्चित निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई विजयी भएका छन् ।   प्राप्त अन्तिम नतिजा अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी


z