• २०८१ बैशाख ५ बुधबार

रुकुममा गाडी हेर्न गएका तीन बालबालिका बेपत्ता

kharibot

रुकुम । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा गाडी हेर्न गएका तीन बालबालिका चार दिनदेखि बेपत्ता भएका छन् । 

पुथा उत्तरगंगा–१ रन्ममैकोटका सात वर्षीय दुवै पुन, दामन पुन, छ वर्षीया सुहाना पुन र पाँच वर्षीय काले पुन गत वैशाख २९ गते स्थानीय पिपलटुङ भन्ने ठाउँमा गाडी हेर्न जाने भन्दै घरबाट निस्केका थिए । 

गाडी हेर्न गएकामध्ये पाँच वर्षीय कालेलाई स्थानीयले जङ्गलमा भेट्टाएपछि आफ्न्तलाई बुझाएका थिए । तर बाँकी तीन जना भने अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए । 

उनीहरु बाटो बिराएर जंगल तिर गएको हुनसक्ने प्रहरीको अनुमान छ । गाउँबाट चार घण्टा हिँडेर गाडी सञ्चालन हुने ठाउँमा पुग्न सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै