पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैया बढ्यो 

खरीबोट
ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २-२ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

मूल्यवृद्धिपछि पेट्रोलको मुल्य प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टितेलको मुल्य ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।

खान पकाउने ग्याँसमा भने मुल्य यथावत रहेको छ । निगमले बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाएको छ ।     

सम्बन्धित समाचार

नेपाल आयल निगमको मासिक घाटा एक अर्बभन्दा बढी 

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ ।  निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको

निगमले आफैँले ट्याङ्कर सञ्चालन गर्ने सम्भावना अध्ययन गर्न समिति गठन

काठमाडौँ। नेपाल आयल निगमले आफैँले पेट्रोलियम पदार्थ ढुवानीको सम्भावनाबारे अध्ययन गर्न समिति गठन गरेको छ ।  निगम सञ्चालक समितिले वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको नेतृत्वमा तीन सदस्यीय समिति

 पेट्रोलियम पदार्थमा कोटा प्रणाली हट्यो, आपूर्ति सहज हुदै 

काठमाडौं। नेपाल आयल निगमले अब पेट्रोलियम पदार्थ सहज उपलब्ध हुने जनाएको छ । आइतबारदेखि उपभोक्तालाई मागे जति तेल दिन पेट्रोल पम्पहरुलाई परिपत्र गरेको निगमले जानकारी दिएको छ।  तेलको आयात बढेकाले अब समस्या

पेट्रोलियम पदार्थको बिक्रीमा कोटा, मोटरसाइकलले ५ लिटर पाउने 

काठमाडौं।  चालकको आन्दोलनले इन्धन अभाव भएपछि नेपाल आयल निगमले कोटा तोकेको छ। निगमले सर्वसाधारणलाई पेट्रोलियम पदार्थको बिक्री गर्दा मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच र अन्य हल्का सवारी साधन कार, भ्यानलाई बढीमा


z