एथलेटिको म्याड्रिडले जित्यो युरोपा लिगको उपाधि, ग्रिजम्यानले गरे दुई गोल  

खरीबोट
ad

काठमाडौँ । युरोपा लिगको उपाधि एथलेटिको म्याड्रिडले जितेको छ ।

गएराती भएको खेलमा फ्रेन्च लिग वान क्लब मार्सेलीलाई एथलेटिकोले ३-० ले पराजित गर्दै तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो ।

एथलेटिकोको जितमा बार्सिलोना जाने चर्चा भइरहेका मिडफिल्डर एन्टोनी ग्रिजम्यानले दुई गोल गरे भने गाबीले एक गोल गरेका थिए ।

खेलको २१औ मिनेटमा ग्रिजम्यानले गोल गर्दै एथलेटिको लाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको एथलेटिकोले दोस्रो हाफमा दुई गोल थपेको थियो । खेलको ४९औ मिनेटमा ग्रिजम्यानले दोस्रो गोल गरेका थिए । त्यस्तै एथलेटिकोका लागि तेस्रो गोल गाबीले खेलको ८९औ मिनेटमा गरेका थिए ।

दुई गोल गरेसँगै ग्रिजम्यान युरोपा लिगको फाइनलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

ग्रिजम्यान आगामी सिजनमा बार्सिलोना जाने लगभग तय भएको मिडिया रिपोर्ट आइरहेका छन् । एथलेटिकोमा यस सिजनको अन्तिम खेल खेलेका ग्रिजम्यानले टिमलाई उत्कृष्ट उपहार दिएका छन् ।
 


 

सम्बन्धित समाचार

युरोपा लिगमा काराबागमाथि आर्सनलको सहज जित 

काठमाडौँ।  युरोपा लिग अन्तर्गत प्रिमियर लिग क्लब आर्सनलले अजरबैजानको क्लब काराबागलाई सजिलै पराजित गरेको छ। गएराती  भएको खेलमा आर्सनलले काराबागलाई ३-० गोल अन्तरले पराजित गरेको हो।  आर्सनलको जितमा सोकराटिस पपासटथोपोउलोस, स्मिथ

चेल्सीको जितमा मोराटाले गरे निर्णायक गोल 

काठमाडौँ।  युरोपा लिग अन्तर्गत प्रिमियर लिग क्लब चेल्सीले हंगेरीको क्लब भिडीलाई पराजित गरेको छ। गएराती भएको खेलमा चेल्सीले भिडीलाई १-० गोल अन्तरले पराजित गर्दै युरोपा लिगमा खेलेका दुवै खेलमा जित

विलियनको गोलमा युरोपा लिगमा चेल्सीको जित 

काठमाडौँ।  प्रिमियर लिग क्लब चेल्सीले युरोपा लिगामा विजयी सुरुवात गरेको छ।  गएराती भएको खेलमा चेल्सीले ग्रिसको क्लब पीएओकेलाई १-० गोल अन्तरले पराजित गर्दै यस सिजनको विजयी सुरुवात गरेको हो।  चेल्सीको जितमा

युरोपा लिगमा आर्सनलको विजयी सुरुवात

काठमाडौँ।  प्रिमियर लिग क्लब आर्सनलले युरोपा लिगमा विजयी सुरुवात गरेको छ।  गएराती बह्येको खेलमा युक्रेनको क्लब भोस्क्लामाथि ४-२ को जित हासिल गर्दै यस सिजनको युरोपा लिगको विजयी सुरुवात गरेको हो।  आर्सनलको


z