काठमाडौँ । युरोपा लिगको उपाधि एथलेटिको म्याड्रिडले जितेको छ ।
गएराती भएको खेलमा फ्रेन्च लिग वान क्लब मार्सेलीलाई एथलेटिकोले ३-० ले पराजित गर्दै तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो ।
एथलेटिकोको जितमा बार्सिलोना जाने चर्चा भइरहेका मिडफिल्डर एन्टोनी ग्रिजम्यानले दुई गोल गरे भने गाबीले एक गोल गरेका थिए ।
खेलको २१औ मिनेटमा ग्रिजम्यानले गोल गर्दै एथलेटिको लाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको एथलेटिकोले दोस्रो हाफमा दुई गोल थपेको थियो । खेलको ४९औ मिनेटमा ग्रिजम्यानले दोस्रो गोल गरेका थिए । त्यस्तै एथलेटिकोका लागि तेस्रो गोल गाबीले खेलको ८९औ मिनेटमा गरेका थिए ।
दुई गोल गरेसँगै ग्रिजम्यान युरोपा लिगको फाइनलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।
ग्रिजम्यान आगामी सिजनमा बार्सिलोना जाने लगभग तय भएको मिडिया रिपोर्ट आइरहेका छन् । एथलेटिकोमा यस सिजनको अन्तिम खेल खेलेका ग्रिजम्यानले टिमलाई उत्कृष्ट उपहार दिएका छन् ।