पंजावलाई हराउदै प्लेअफको नजिक पुग्यो मुम्बई 

खरीबोट
ad

काठमाडौँ । आइपिएल अन्तर्गत मुम्बई इण्डियन्सले सनसनीपूर्ण जित हासिल गर्दै प्लेअफमा आफ्नो सम्भावनालाई जिवितै राखेको छ ।

गएराती भएको खेलमा किंग्स इलेभेन पंजावविरुद्ध ३ रनको जित हासिल गर्दै प्रतियोगितामा आफ्नो सम्भावना जिवितै राखेको हो ।

मुम्बईले दिएको १८७ रनको लक्ष्य पछ्याएको पंजाव २० ओभरमा ५ विकेट गुमाउदै १८३ रन मात्र बनाएपछि मुम्बईले खेल ३ रनले जितेको हो ।

मुम्बईको जितमा हिरो बेनेका छन् बलर जसप्रित बुम्राह । बुमराहले ४ ओभरमा केबल १५ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै अर्का बलर म्याकघेलनले २ विकेट लिएका थिए ।
पंजावकालागि केएल राहुलले सर्वाधिक ९४ रन बनाएका थिए भने एरोन फिंचले ४६, क्रिस गेलले १८ रन बनाएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १८६ रन बनाएको थियो ।  मुम्बईका लागि केरोन पोलार्डले सर्वाधिक ५० रन बनाए भने क्रुनाल पाण्डेयले ३२, सूर्यकुमार यादवले २७ र इशान किशनले २० रन बनाएका थिए । 

खेलको म्यान अफ द म्याच मुम्बईका जसप्रित बुमराह बनेका थिए । 

जितपछि मुम्बईको १३ खेलमा १२ अंक भएको छ भने राम्रो रनरेटका कारण मुम्बई तालिकामा चौथो स्थानमा उक्लिएको छ । पंजावको पनि १३ खेलमा १२ अंक नै भएपनि कम्जोर रन रेटका कारण छैठौ स्थानमा झरेको छ । 

आइपिएलको आजको खेल रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादबीच हुदै छ । 
 

सम्बन्धित समाचार

सन्दीपसँग आइपिएल खल्ने पृथ्वी भारतीय टेस्ट टिममा 

काठमाडौँ। भारतका अन्डर १९ कप्तान पृथ्वी शाहले टेस्टमा डेभ्यु गर्ने भएका छन्। इङल्याण्डविरुद्धको चौथो टेष्टका लागि भारतीय क्रिकेट बोर्डले १८ वर्षे ओपनर पृथ्वीलाई टिममा बोलाएको छ । पृथ्वीलाई भारतका ओपनर ब्याट्सम्यान

आइपिएलमा सट्टेबाजी गर्ने नागराज जेल चलान 

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) मा सट्टेबाजी  खेलाउने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने नागराज, अमृत भनिने नथमल अग्रवाल जेल चलान भएका छन् । महोत्तरी घर भएका राकेश सिंहलगायतका व्यक्तिसँग उनले आईपीएलमा

आइपिएलका विस्फोटक ब्याट्सम्यान रिसभ पन्त भारतीय टेस्ट टिममा, रोहित शर्मा परेनन्

नयाँदिल्ली । भारतका विस्फोटक ब्याट्सम्यान रोहित शर्मा इङल्याण्डविरुद्धको पहिलो तीन टेस्टमा टिममा पर्न असफल भएका छन् ।  आगामी अगस्त एकबात सुरु हुने टेस्ट खेलका लागि घोषणा गरिएको १८ सदस्यीय टिममा

अरबाज खानले आइपिएलमा सट्टा लगाएको स्वीकारे, सट्टामा २.७५ करोड हारेको खुलासा 

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानका भाई अरबाज खानले प्रहरीसमक्ष आफुले आइपिएलमा सट्टा लगाउने गरेको बयान दिएका छन् । प्रहरीले आइपिएलमा भारत र भारत बाहिर सट्टा लगाउने ठुलो गिरोहलाई पक्राउ गरेपछि


z