• २०८१ बैशाख ५ बुधबार

शहिद स्मारक ‘ए’ डिभिजन लिग ४ बर्षपछि फर्कियो, असोजदेखि माघसम्म हुने  

kharibot

काठमाडौँ । एन्फाले ४ बर्षदेखि हुन नसकेको शहिद स्मारक ‘ए’ डिभिजन लिग संचालन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको एन्फाको लिग कमिटिले ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको हो । एन्फाका अनुसार लिग आगामी असोज १३ देखि माघ १६ सम्म संचालन हुने भएको छ ।

लिगमा ‘ए’ डिभिजनका सबै १४ टिमले भाग लिने छन् । ‘ए’ डिभिजन टिममा मनाङ मर्स्यांदी क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल सशस्त्र प्रहरी टिम, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा क्लब, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम , ब्रिगेड ब्वायज, हिमालयन शेर्पा क्लब रहेका छन् ।

एन्फाको लिग कमिटिले हरेक क्लबले न्युनतम १८ र अधिकतम ३५ खेलाडी दर्ता गर्ने व्यवस्था गरेको जानकारी दिएको छ । त्यस्तै हरेक क्लबले ४ विदेशी खेलाडीलाई राख्न पाउने र एक खेलमा बढीमा ३ जना विदेशी खेलाडी खेलाउन आउने नियम बनाएको छ ।

साथै सबै टिमले भदौ १५, २०७५ अगाडी नै सबै खेलाडीको रजिष्ट्रेसन गराइसक्नुपर्ने जानकारी दिएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै