• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोनाले क्लब फ्रेन्डलीमा दक्षिण अफ्रीकाको ममेलोडी सनडाउनलाई ३-१ ले हरायो 

kharibot

काठमाडौँ । बार्सिलोनाले दक्षिण अफ्रिकाको क्लब ममेलोडी सनडाउन सँगको फ्रेन्डली खेल ३-१ ले जितेको छ ।

दक्षिण अफ्रिकी नेता नेल्शन मण्डेलाको सयौ जन्मजयन्तीका अवसरमा आयोजना भएको फ्रेन्डली खेलमा बार्सिलोनाले ममेलोडीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि डेमबेले, लुइस स्वरेज र आन्द्रे गोमेजले एक एक गोल गरेका थिए । सनडाउनका लागि एक गोल भिलाकाजीले गरेका थिए ।

खेलपछि यस सिजनबाट बार्सिलोना छोड्न लागेका आन्द्रे इनेस्टालाई विशेष सम्मान गरिएको थियो ।

यस सिजनको ला लिगाको उपाधि जितेको बार्सिलोनाले ला लिगाको अन्तिम खेल आइतबार रियल सोसियडाडसँग खेल्दै छ । पछिल्लो ला लिगाको खेलमा ५-४ ले पराजित भएर ४३

खेलको अपराजित यात्रा टुंगाएको बार्सिलोनाले यस सिजनको कोपा डेल रे को उपाधि पनि जितेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै