• २०८१ बैशाख ७ शुक्रबार

कालिखोलामा पहिरो खसेपछि मुग्लिन-नारायणघाट सडकखण्ड अवरुद्ध

kharibot

फाइल तस्बीर

चितवन । नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ । 

विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै