• २०८१ बैशाख ५ बुधबार

पार्टी एकीकरणमा व्यस्त एमाले-माओवादी केन्द्र, के के हुदै छ आज ?

kharibot

काठमाडौं  । नेकपा एमाले र माओवादी केन्द्र आज बिहानै देखि पार्टी एकीकरण गर्न व्यस्त देखिएका छन् । 

आज बिहान तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औ स्मृतिदिवसको कार्यक्रम बाट सुरु भएको एकीकरणको प्रक्रिया अहिले दुई दल आ-आफ्नो दलबाट एकीकरण अनुमोदन गराएर नयाँ पार्टी बनाउन जुटेका हुन् ।

आज बिहान बसेको पार्टी एकताको एकता संयोजन समितिले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । संयोजन समितिले एकताको औपचारिक निर्णय गर्ने हुनाले यसका लागि बिहान १० बजेपछि पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको थियो ।

बिहिबार बिहान तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औ स्मृतिदिवसको अवसरमा बल्खुमा आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अधय्क्ष प्रचण्डले सम्बोधन गरेका थिए ।

अहिले एमाले केन्द्रीय समितिको बैठक बालुवाटारमा बसिरहेको छ । त्यस्तै माओवादी केन्द्रीय समितिको बैठक माओवादी सचिवालय खुमलटारमा बसिरहेको छ । यसरी बस्ने बैठकले अहिले रहेको दुवै पार्टी विघटन गर्ने निर्णय गर्नेछ ।

नयाँ पार्टीमा ४४१ केन्द्रीय समिति तथा ४३ सदस्यीय स्थायी समिति रहनेछ । तर त्यसभन्दा माथि पनि ९ सदस्यीय सचिवालय समिति रहने नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने र चुनाव चिन्ह सुर्य रहने यसअघि नै तय भइसकेको छ ।

आज के के भयो ?

तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औ स्मृतिदिवसको अवसरमा बल्खुमा कार्यक्रम आयोजना ।
कार्यक्रमलाई प्रधानमन्त्री ओली र प्रचण्डले सम्बोधन ।

ओली र प्रचण्डले मदन आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालमा बालुवाटारमा वृक्षारोपण ।

पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा सम्पन्न ।

एमाले केन्द्रीय समिति बैठक बालुवाटरमा ।

माओवादी सचिवालय बैठक खुमालटारमा ।

आज अरु के के हुन्छ ?

दुवै दलको केन्द्रीय समितिबाट आ-आफ्ना पार्टीको केन्द्रीय समिति विघटन गर्ने निर्णय गरेपछि संयुक्त बैठक बालुवाटारमा बस्ने तयारी गरिएको छ । बालुवाटारमा संयुक्त बैठक पछि नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग जाने छन् । 

निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछि पत्रकार सम्मेलन गरेर दुई पार्टी एकीकरणको घोषणा भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा हुने छ ।

पार्टी एकताको घोषणा पछि आजै नयाँ केन्द्रीय समितिको पहिलो बैठक बस्ने पनि तयारी भएको एमाले निकट नेताहरुले बताएका छन् । नयाँ पार्टीको पहिलो केन्द्रीय समितिको बैठक गोकर्ण रिसोर्टमा बस्ने तयारी भैरहेको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै