• २०८१ बैशाख १३ बिहीबार

कप्तान पारस खड्काले जिते बर्षको ‘उत्कृष्ट खेलाडी अवार्ड’

kharibot

काठमाडौं । नेपाली क्रिकेट राष्ट्रिय टिमका कप्तान पारस खड्काले यस बर्षको पुरुषतर्फको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । 

नेपाल खेलकुद पत्रकार संघले आयोजना गरेको स्पोर्ट्स अवार्डमा पारसले क्रिकेटकै सन्दीप लामिछाने, व्याटमिनटनका दिपेश धामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ र गल्फका टंक बहादुर कार्कीलाई पछाडी पार्दै सो अवार्ड जितेका हुन् ।

पारसको नेतृत्वमा रहेको नेपाली क्रिकेट टिमले यस बर्ष निकै ठुलो उपलब्धि हासिल गरेको छ । नेपालले गत फेब्रुअरीमा डिभिजन २ को खेलबाट बढुवा हुदै विश्वकप छनौट खेल खेलेको थियो । विश्वकपमा छनौट हुन् नसके पनि नेपाली क्रिकेट टिमले एकदिवसीय मान्यता पाउन सफल भएको थियो ।

पारसले नेपालका लागि अहिलेसम्म २ फस्ट क्लास क्रिकेट, ३४ लिस्ट ए क्रिकेट खेलेका छन् । लिस्ट ए क्रिकेटमा पारसले ३४ खेलमा २ शतक र ८ अर्धसतक सहित ११८२ रन बनाएका छन् भने १७ विकेट पनि लिएका छन् । त्यस्तै नेपालको तर्फबाट ३३ टि-२० खेल खेलेका छन् । जसमा पारसले ७५४ रन बनाएका छन् । पारसले टि-२० मा ५ अर्धसतक हानेका छन् ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै