• २०८१ बैशाख ७ शुक्रबार

विद्यालयस्तरको छात्रा भलिबल प्रतियोगिता हुने

kharibot

काठमाडौं । मदन भण्डारी स्पोट्र्स एकेडेमी चन्द्रागिरि नगर कमिटीको आयोजनामा उपमेयर अन्तर्विद्यालय छात्रा भलिबल कप हुने भएको छ ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त भलिबल प्रतियोगिता बारे जानकारी गराइएको छ । चन्द्रागिरि नगरपालिकामा रहेको न्यु डायमण्ड एकेडेमीको खेल मैदानमा हुने जानकारी आयोजकले दिएको हो ।

प्रतियोगिता शनिबारदेखि ८ गतेसम्म सञ्चलन हुनेछ । न्यू डायमण्ड एकेडेमीको मैदानमा हुने प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा न्यु डायमण्ड एकेडेमीसँगै सेन्ट डेविज मावि, परोपकार आदर्श मावि, कन्या मन्दिर मावि, अनल ज्योति मावि, विजेश्वरी ज्ञान मन्दिर, पारामाउण्ट, ज्ञान सुधा एकेडेमी, थ्रीस्टार एकेडेमी र स्प्रिङडेल स्कुल रहेका छन् ।

प्रतियोगिताको विजेताले ४५ हजार नगदसहित, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्, यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश २५ हजार, १५ हजार नगदसहित मेडल र शिल्ड पाउनेछन् भने चौथो हुनेले १० हजार पाउनेछन् । सरकारले भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरेपछि नेपाल भलिबल संघले जेठ ८ गते भलिबल दिवस मनाउन थालेको छ । 

यही अवसरमा यो भलिबल प्रतियोगिता आयोजना गरेको प्राविधिक संयोजक कुमार राईले बताए भने यो प्रतियोगिता निरन्तरता पाउने आयोजक तथा  हुने भएको हो ।

त्यसैगरी व्यक्तिगत विधातर्फ पनि (स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर)लाई नगदसहित ट्रफिको व्यवस्था गरिएको छ भने उक्त प्रतियोगितामा २ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

उपमेयर कपको समापन खेलपछि भने उक्त दिन भलिबल सेलिब्रेसन डे गर्ने क्रममा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र शिवम् न्यु डाइमण्ड एकेडेमीबीच स्लिब्रेसन खेल हुनेछ । उक्त खेलमा विजेताले १० हजार पाउनेछ भने उपविजेताले ७ हजार पाउनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै