• २०८१ बैशाख ८ शनिबार

यी ५ खेलाडी 'रिटेन' नगरेकोमा पछुताउदै आइपिएल फ़्रेन्चाइजी 

kharibot

काठमाडौँ । आइपिएलको यस सिजन अब सकिन लागेको छ । यस सिजनमा कैयौ खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रह्यो । नयाँ अक्सनबाट बिभिन्न टिममा पुगेका खेलाडीहरु मध्ये केहि खेलाडी यस्ता रहे जसलाई उनीहरुको पुरानो क्लबले रिटेन गरेन । 

तर अहिले उनीहरुको प्रदर्शनले ति खेलाडीका पुर्वफ़्रेन्चाइजी मालिकहरु पछुतो मानिरहेका छन् । यस आइपिएलमा नयाँ टिममा आएर उत्कृष्ट प्रदर्शन गरिरहेका ५ यस्ता खेलाडीको चर्चा गरौ :

१)    केएल राहुल : गत सिजनमा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका केएल राहुललाई बैंगलोरले रिटेन गरेको थिएन । बैंगलोरले विराट कोहली, एबी दिविलियर्स र सरफराज खानलाई रिटेन गरेको थियो । गत सिजनमा राहुलले १४ खेलमा ३९७ रन बनाएका थिए तर यस सिजनमा किंग्स इलेभेन पन्जा बाट खेल्दै उत्कृष्ट ब्याटिंग गरेका छन् । अहिलेसम्म खेलेका १३ खेलमा केएल राहुलले ६५२ रन बनाएका छन् । राहुलले १४ बलमा अर्धसतक बनाउदै कम बलमा अर्धसतकको रेकर्ड उनको नाममा रहेको छ । राहुललाई यस सिजनमा पंजावले ११ करोडमा किनेको थियो ।

२)    अम्बाती रायडु : पछिल्लो सिजन मुम्बई इण्डियन्सबाट खेलेका अम्बाती रायाडूलाई पनि मुम्बईले यस पटक लिएन । गत सिजनमा रायडु केबल ५ खेल मात्र खेल्दै केबल ९१ रन बनाएका थिए । तर यस सिजनमा मुम्बईले रायडुलाई नजरअन्दाज गर्यो । रायडुलाई चेन्नईले २.२० करोड दिएर किन्यो । चेन्नईबाट पहिलो पटक खेलेका रायडुले सबैलाई आश्चर्य पर्दै यस सिजनमा उत्कृष्ट ब्याटिंगको प्रदर्शन गरेका छन् । रायडुले अहिलेसम्म खेलेका १३ खेलमा एक शतक र तीन अर्धशतक सहित ५८५ रन बनाएका छन् । मुम्बईबाट मिडल अडर्डमा मात्र खेलेका रायडुलाई चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले सहि उपयोग गर्दै धेरै जसो ओपनरको रुपमा खेलाए ।जसको परिणाम स्वरूप रायडुले उत्कृष्ट ब्याटिंग गर्दै चेन्नईलाई प्लेअफसम्म पुर्याएका छन् ।

३)    सूर्यकुमार यादव : पछिल्लो सिजन कोलकोता नाइटराइडर्सबाट खेलेका यादव यस सिजनमा मुम्बईमा आएका छन् । कोलकोतामा गत सिजन १० खेलमा केबल १०५ रन बनाएका यादवको प्रदर्शनलाई देखेर नै कोलकोताले उनीमाथि विस्वास गरेन । तर अक्सनमा मुम्बईले यादवलाई ३.२० करोडमा किन्दै उनीमाथि भरोसा जताएको थियो । फलस्वरूप यादवले मुम्बईका लागि ओपनरको रुपमा ब्याटिंग गर्दै १३ खेलमा ५०० रन बनाएका छन् । कोलकोताले यादवलाई छोडेर आन्द्रे रशेल र सुनिल नारायणलाई रिटेन गरेको थियो ।

४)    जोस बटलर : गत सिजन मुम्बईबाट खेलेका बटलरले यस सिजनमा राजस्थान रोयल्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । गत सिजनमा मुम्बईबाट १० खेल खेलका बटलरले २७२ रन बनाएका थिए । तर यस सिजनमा उनको प्रदर्शन निकै आक्रामक रहेको छ । अहिलेसम्म खेलेका १३ खेलमा बटलरले ५४८ रन बनाएका छन् जसमा ५ अर्धशतक रहेका छन् । उनको यो प्रदर्शन देखेर मुम्बई इण्डियन्स पक्कै पछुतो मानिरहेको हुनुपर्दछ । बटलरलाई राजस्थानले ४.४ करोडमा किनेको थियो ।

५)    एन्ड्रयु टाय : अस्ट्रेलियन बलर टाय यस आइपिएलमा निकै घातक बलर देखिएका छन् । गत सिजनमा गुजरात लाइन्ससँग खेलेका टायलाई अक्सनमा पन्जा ले चेन्नईसँग प्रतिष्पर्धा गरेर किनेको थियो ।चेन्नईले लगाएको ७ करोडको मुल्यमा पंजावले ७.२० करोड दिदै टायलाई किनेको थियो । यस सिजनमा टायले १३ कलम २४ विकेट लिएका छन् जबकी अघिल्लो सिजनमा ६ खेलमा १२ विकेट लिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै