• २०८१ बैशाख ६ बिहीबार

रियलविरुद्ध भिल्लारियलको उत्कृष्ट कमब्याक, तेस्रो स्थानमा मै रोकियो रियल म्याड्रिड

kharibot

काठमाडौँ । स्पेनिस क्लबले तेस्रो स्थानमा रहदै यस सिजनको ला लिगाको अन्त्य गरेको छ । 

गएराति भिल्ला रियल विरुद्धको खेल २-२ गोलको बराबरीमा सकिएपछि रियलले ३८ खेलमा ७६ अंकसहित तेस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको हो ।

खेलको ११औ र २२औ मिनेटमा ग्यारेथ बेल र क्रिस्टियानो रोनाल्डोको गोलको मद्धतले २-० को अग्रता लिएको रियलले खेलको अन्तिम समयतिर २ गोल खादा खेल बराबरीमा चित्त बुझाउनु परेको थियो ।

यसै खेलमा डेभ्यु गरेका म्यानेजर जिनेदिन जिदानका छोरा गोलकिपर लुकास जिदानको गलत जजमेन्टका कारण रियलले गोल खाएको थियो । २० बर्षिय लुकासले ला लिगाको यस सिजनको अन्तिम खेलमा रियलबाट डेभ्यु गरेका थिए ।

भिल्लारियलले खेलको दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै खेल बराबरी गरेको थियो । भिल्लारियलका लागि रोजर मार्टिनजले खेलको ७०औ मिनेटमा र सामु कास्टिलेजोले खेलको ८५औ मिनेटमा गोल गरेका थिए ।

रियल अब यस सिजनमा च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलसँग आगामी मे २६ मा खेल्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै